०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

नेपाल एयरलाइन्सले भैरहवादेखि नयाँ दिल्ली सिधा उडान गर्दै

Logo
प्रकाशित बिहिबार, आषाढ १४, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेपाल वायुसेवा निगम एनएसीले भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने भएको छ । हाल काठमाडौंदेखि नयाँ दल्ली उडान भरिरहेको निगमले क्षेत्रीय विमानस्थल भैरहवा, गौतमबुद्ध विमानस्थलबाट समेत सिधा उडान भर्ने भएको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई हवाईमार्फत नयाँ दिल्लीसँग जोड्ने र धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित भैरहवा–नयाँ दिल्ली उडान शुरु गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अबको १५ दिनभित्र भैरहवा–दिल्ली उडान शुरु हुने समेत उनले बताए ।

साथै नेपाल वायुसेवा निगमले भैरहवाबाटै अर्को छिमेकी मुलुक चीनको हङकङसँग समेत सिधा उडान भर्ने तयारी गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम […]

(ABC-Sanchar) सल्यान । शनिबार कालिमाटी गाउँपालिका वडा नं. ७ सल्यानथरी बस्ने अन्दाजी ३७ वर्षका दिल बहादुर कार्की र साेहि गाउँका प्रकाश परियारको छोरा अन्दाजी ५ वर्षीय सुवास परियारकाे बबई नदिमा नुहाउन (पौडी खेल्ने) क्रममा डुबेर मृत्यु भएकाे हाे । उनिहरु दिउँसाे ४ बजे आ-आफ्नो घरबाट बबइ नदिमा नुहाउन गएकोमा अबेरसम्म घरमा नफर्केपछि स्थानियहरुले प्रहरी चौकी […]

(ABC-Sanchar) बारा । मोतीहारी अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । ‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले […]