२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल एयरलाइन्सले भैरहवादेखि नयाँ दिल्ली सिधा उडान गर्दै

Logo
प्रकाशित बिहिबार, आषाढ १४, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेपाल वायुसेवा निगम एनएसीले भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने भएको छ । हाल काठमाडौंदेखि नयाँ दल्ली उडान भरिरहेको निगमले क्षेत्रीय विमानस्थल भैरहवा, गौतमबुद्ध विमानस्थलबाट समेत सिधा उडान भर्ने भएको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई हवाईमार्फत नयाँ दिल्लीसँग जोड्ने र धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित भैरहवा–नयाँ दिल्ली उडान शुरु गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अबको १५ दिनभित्र भैरहवा–दिल्ली उडान शुरु हुने समेत उनले बताए ।

साथै नेपाल वायुसेवा निगमले भैरहवाबाटै अर्को छिमेकी मुलुक चीनको हङकङसँग समेत सिधा उडान भर्ने तयारी गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]