२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ईलाका प्रहरी कार्यालय भालुवाङले देउखुरीबाट लागुऔषधसहित ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ १७, २०८०

ABC (क्राईमबिट)

दाङ । राप्ती गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । गत असार १५ गते साँझ ७ बजेको समयमा राप्ती गाउँपालिका ३ मसुरीयाबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका ३ मसुरीया बस्ने २७ वर्षिय २७ शेरे भनिने दिलिप कामी, सोही ठाउँ निवासी २२ वर्षिय सुरज कामी, वडा नं.४ बस्ने २२ वर्षिय सुशील गिरी, वडा नम्बर १ बस्ने २० वर्षिया नेहा राई, रोल्पा लुडग्री गाउँपालिका १ घरभई हाल राप्ती गाउँपालिका १ बस्ने ३० वर्षिय छबिलाल पुन मगर रहेका छन् ।

मसुरीया स्थित रामकली कामीको घरमा लागूऔषध कारोवार तथा सेवन हुदैछ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चाैकी मसुरीयाबाट प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । निजको घरमा रितपुर्वक खान तलासी गर्दा लागू औषध (ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित डिजिटल तराजुमा एकमुष्ठ तौल गर्दा ४ ग्राम ०.७ मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा ३ ग्राम ०. १ मिलिग्राम फेला पारेको हो ।

पक्राउ परेका ५ जनालाई नियन्त्रणमा लिई दाङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]