२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आईजिपी बसन्त कुँवरको सय दिन पुरा संगठनमा कुनैपनि सुधारको सन्देश छैन

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । बसन्तबहादुर कुँवर नेपाल प्रहरीको महानिरीक्षक भएको एक सय दिन पुरा भएको छ । सय दिनमा उनले संगठनमा सुधारको कुनै सन्देश दिन सकेका छैनन् । बरु कमजोर कमाण्डका कारण उनको आलोचना हुन थालेको छ ।

सय दिनको अवधि पुग्दा पनि उनले आफ्नो कार्ययोजना समेत तयार गर्न सकेका छैनन् । दुई वर्षका लागि महानिरीक्षकमा नियुक्त भएकोमा तीन महिनासम्म कार्ययोजना नै बनाउन नसक्नुले उनको कार्यक्षमताको कमजोरी बाहिरिएको छ । सामान्यतया आइजिपीले आफ्नो कार्यकालको कार्ययोजना बनाउने प्रचलन छ ।

कुँवरले कार्ययोजना बनाउने जिम्मा एआइजी टेकप्रसाद राईलाई दिएका थिए । राइले प्रारम्भिक खाका बनाएपनि महानिरीक्षक कुँवरले त्यसलाई अन्तिम रुप दिएर कार्यान्वायनमा लैजान सकेका छैनन् ।

त्यो त सुरुदेखि नै कमाण्ड कमजोर भएको आरोप कुँवरमाथि लागेको छ । भुटानी शरणार्थी प्रकरणमै आइजिपी कुँवरले चाहेजस्तो भएन । उनलाई आइजिपी बनाउन भूमिका खेल्ने बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेस नेताहरुकै उनले गाली खानुप¥यो । अर्काेतर्फ त्यो अपराधमा संलग्नलाई संरक्षण दिएको गम्भीर आरोप समेत उनीमाथि लागेको छ । यद्यपि, यो विषयमा सरकारले छानबिन नगरेपछि उनीमाथिको संकट टरेको छ ।

काज सरुवाको विकृती रोक्न भने उनले केही सकारात्मक प्रयास गरेका छन् । करिब पाँच हजार प्रहरीलाई दरबन्दीमा पठाए ।

मधेसमा वर्षाैदेखि तस्करीको सेटिङ मिलाउँदै आएका घुमुवालाई २४ घन्टे रमाना दिएर पहाडी र हिमाली जिल्लामा लखेटेर शुद्धीकरणको प्रयास गरे ।

पछिल्लो समय ललिता निवास प्रकरणमा अनुसन्धानको आँट गरेर उनले प्रहरीको छवी माथि उठाएका छन् । तर, यो मुद्दामा प्रहरीले कत्तिको गहनताका साथ अनुसन्धान गर्ने आँट गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

एसपी र डिएसपी बढुवामा उनले चलखेल रोक्न सकेनन् । विगतमा कारबाहीमा परेकाहरु बढुवा हुँदा इमान्दार अधिकृतहरु छुटे । बढुवामा एआइजी लगायत बिचौलियाले खुलेआम चलखेल गर्दा पनि त्यसमा छानबिन गराउने हिम्मत पनि नगरेपछि उनी निरिह भएको आरोप लाग्ने गरेको छ ।

त्यसो त प्रहरीमा नियमित सरुवा हुन सकेको छैन । चैतमा हुनुपर्ने इन्सपेक्टर सरुवा निकाल्न नसकेपछि आफैं काज खटाउन थालेका छन् । एसपी र डिएसपीको सरुवा पनि टकरावकै कारण हुन नसकेको स्रोत बताउँछ ।

आगामी दिनमा सरुवा–बढुवामा कति न्यायोचित निर्णय गर्न सक्छन् र प्रहरीभित्रको चेन अफ कमाण्डलाई बलियो बनाउन सक्छन्, त्यसले कुँवरको भविष्य निर्धारण हुनेछ । तर, एक सय दिनको मूल्याङकनमा उनले प्रहरी संगठनलाई बलियो बनाउन सक्नेमा भने प्रश्न गर्ने प्रशस्त ठाउँ छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]