२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिमा आवद्ध व्यवसायीहरुले स्तरिय सेवा प्रदान गर्न प्रतिवद्ध

Logo
प्रकाशित बुधबार, आषाढ २०, २०८०

(ABC-Sanchar)

दाङ । तुल्सीपुर मंगलबार प्रधान कार्यालय तुलसीपुरमा आयोजित छलफल कार्यक्रममा बर्षातको समयसगैँ चार्ड पर्व नजिकिदै गरेको भन्दै यातायातका साधन तयारी अवस्थामा राख्न निर्देशन दिएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

कार्यक्रममा प्रालिका अध्यक्ष हमालले छोटो तथा लामो दुरीका गाडीहरु चुस्त र दुरुस्त रुपमा राख्न पनि पदाधिकारिहरुको सहभागितामा उपसमिति गठन गरिएको बताए ।
गाडीहरुको गुणस्तर, ब्यबस्थपन र यात्रुमैत्री रुपमा गाडी सञ्चालन गर्न अध्यक्ष हमालले व्यवसायीहरुलाई निर्देशन दिए ।

देशमा आर्थिक मन्दि चलिरहदा पनि प्रालिमा व्यवसायीहरुले नयाँ र स्तरिय गाडीहरु भित्रयाउने क्रम जारिी रहेको भन्दै आन्तरिक व्यवस्थापनका लागि पदाधिकारीहरुको भुमिका उल्लेख्नीयय रहेको बताए ।

त्यस्तै प्रालिका प्रशासनिक सचिब नारायण प्रसाद न्यौपानेलाई यात्रुहरुका लागी गुणस्तरिय खाना ब्यबस्थापनको जिम्मेवारी दिईएको छ । त्यस्तै भारतका बिभिन्न शहरहरुमा गाडी सञ्चालन भैरहेको सन्दर्भमा ब्यबस्थापनका लागी प्रालिका प्रबन्धक पुस्कर धितालको नेतृत्वमा समिति समेत गठन गरिएको छ ।

त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले भारतसहित देशका ३५ बढी जिल्लाहरुमा दैनिक सेवा प्रदान गर्दै आईरहेको अर्का प्रशासनिक सचिब प्रकाश भट्टले जानकारी दिए । उक्त अवसरमा लामो दुरीका यात्रुहरुलाई स्तरिय खानाको व्यवस्था मिलाउन कमिटी समेत गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]