२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

श्रीकृष्ण बम मल्लको संगीत रहेको नयाँ गीत “अब तिम्लाई कहा छोडम्ला ”ले चर्चा बटुल्दै (भिडियो सहित)

Logo
प्रकाशित शनिबार, आषाढ २३, २०८०

 

काठमाडौं । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले पनि नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । यसै क्रममा नयाँ गीत “अब तिम्लाई कहा छोडम्ला ” सार्वजनिक भएको छ । जसमा श्रीकृष्ण बम मल्लको शब्द,संगीत छ ।

गितमा स्वरूपराज आचार्य,सत्यराज आचार्य र जिना रसाईलीको स्वर सुन्न सकिन्छ । कृष्ण बिकेको एरेन्ज,गरेको गितलाई श्यामस्वीट रसाईलिले ध्वनि सम्पादनको काम गरेका छन् । मल्लका यस अघिका डाडाघरे साईली, निरमाया ठुली,बरपिपलु, धरोधर्म बिध्यानाश ,लगायत थुप्रै गितहरु चर्चित छन् ।

२ दाजुभाई सत्य-स्वरूपको युटुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको अडियो / भिडियो दुवै पक्ष बलियो भएको कारण गितले सार्बजनिक भएको २ दिनमै निकै राम्रो चर्चा बटुलेको छ ।https://www.youtube.com/watch?v=EcQdWmRJgTY

शिब बिकको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा सौरभ लामाको छायांकन, बिकाश ज्ञवालीको सम्पादन रहेको छ । भिडियोमा अभिनेता सुनिल थापा,अभिनेत्रि सर्मिला मल्ल ,रामचन्द्र अधिकारी ,नायक पुष्प खड्का,कृण्ण सुनार,नायिका बर्षा राउत लगायतले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।