२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंजका उप-मेयर इम्तियाज आलमद्वारा बिकास कार्यको निरीक्षण अनुगमन

Logo
प्रकाशित शनिबार, आषाढ २३, २०८०


(ABC-Sanchar)
पर्सा । बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले बिहानको समय बिरगंजमा भइ रहेको विकास निर्माणको अनुगमन तथा जनगुनासो सुन्नका लागि बिहानको समयको सदुपयोग गर्न सुरु गरेका छन् ।

उप-मेयर इम्तियाज आलम सम्बन्धित शाखाका कर्मचारी र सचिवालयको टिमसहित हरेक बिहान अनुगमनमा निस्कन्छन् । उप-मेयर आलम बिहान ६ देखि साढे ९ बजे सम्मको समय अनुगमनका लागि छुट्याएका छन्। उनले अनुगमनमा हिंड्दा जनताका समस्या र गुनासो सुन्नुका साथै सुझावसमेत लिने गरेका छन् ।

“दिउँसो कार्यालय र कार्यक्रममा व्यस्त हुने भएकाले बिहानको समयमा अनुगमन गर्ने गरेको छु उप-मेयर आलमले बताए यसले जनतासित भेटघाटसँगै उहाँहरूका समस्या र गुनासो सुन्नुका साथै सुझावसमेत लिने गरेको छु ।उप-मेयर आलम हरेक दिन बेग्लाबेग्लै वडाको अनुगमन गर्ने गरेका छन्।अनुगमनमा जाँदा सम्बन्धित वडाका अध्यक्षसहित जनप्रतिनिधिलाई समेत सहभागी गराउँदै आएका छन् ।

बिहान अनुगमन गर्दा धेरैवटा काम हुँदो रहेछ उप-मेयर आलम भन्छन्, मर्निङवाक त हुने नै भयो । त्यसबाहेक सरसफाइ कर्मचारीहरूले रोड सफा गरेका छन् कि छैनन्, निर्माण भइरहेका संरचनामा पानी हालेको छ कि छैन जस्ता धेरै कुराहरू थाहा हुने रहेछ । बिरगंज महानगरले बिरगंजलाइ सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी राखेको छ। यसै सन्दर्भमा उप-मेयर आलमले आज बिरगंज महानगरपालिका अन्तर्गत वडा नं २६ मा बिकास कार्यको अनुगमन गरेका छ्न ।

वडा नं २६ का वडा अध्यक्ष शम्भु मिश्रा लगायत जनप्रतिनिधिको साथमा वीरगन्ज महानगरपालिका वडा नं 2६ मा बिकास निर्माण भइरहेको वडा समितिको भवन,बर्थिङ सेन्टर र विभिन्न सडक तथा नालाहरुको स्थलगत अनुगमन गरेका छन।निर्माण कार्य गरिरहेका ठेकेदार कम्पनीलाई निर्देशन दिदै उनले निर्माण भइ रहेको सडक,भवन आदि सहि तरिकाले काम गर्न भनेका छन।निर्माण कार्य कुनै पनि बहानामा कसैले रोक्न नहुने तथा समय मै सम्पन्न गर्नु पर्ने उप-मेयर आलमले बताए ।

२६ नं वडाका वडा अध्यक्ष शम्भु मिश्राले वडा अन्तर्गत विभिन्न निर्माण कार्यहरु भइ रहेको तथा यसलाइ राम्रो काम र चाडो भन्दा चाडो सकाउ हामी सम्पुर्ण वडा बासी लागि परेको बताए।

अनुगमनको क्रममा महानगरपालिकाका कर्मचारी , स्थानिय जनप्रतिनिधि तथा उप-मेयरका स्वकीय सचिव शेष हजरा लगायत पत्रकार राहुल गुप्ताको पनि उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]