२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जहाज नआए पछी डोटीको एयरपोर्टमा बाख्रा चराउने र टिकटक बनाउने स्थल बन्दै

Logo
प्रकाशित आइतबार, आषाढ २४, २०८०

(आशिष मल्ल)

डडेल्धुरा । जहाज नै नआउने भएपछि सुदूरपश्चिमको पहाडी जिल्लाका विमानस्थान बेकामे भएका छन्। अचेल बैतडीको पाटन र डोटीको दिपायल विमानस्थल स्थानीयको मनोरञ्जन गर्ने स्थल बन्दै गएको छ। जहाँ गएर उनीहरु टिकटक बनाउने गर्छन्। यति मात्रै हैन पाटन एयरपोर्टमा त बाख्रासमेत चराइन थालेको छ।

यात्रु अभावले बैतडीको पाटन-धनगढी उडान एक डेढ वर्षदेखि ठप्प रहेको छ। पाटनबाट २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन-धनगढी कुनै उडान हुन सकेको छैन। यात्रु अभावको कारण देखाउँदै उडान नभरेको समिट एयरले जनाएको छ।

यात्रु नभएकै कारण समिट एयरले धनगढी-पाटन उडान लगभग स्थगित गरिदिएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए।

पाटनदेखि धनगढी पुग्न १७ मिनेटको हवाई यात्रा छ । भाडा भने पाँच हजार तोकिएको छ। समिटले प्रत्येक बिहीबार उडान भर्दै आएको थियो। नियमित रुपमा यात्रुहरू नपाउँदा समिट एयरलाइन्सले उडान भर्न छोडेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।

उता २०७७ साल असोज १७ गते समिट एअरलाइन्सले डोटीको दिपायलबाट उडान परीक्षण गरेको थियो। उडान परीक्षण पश्चात् केही समय समिट एअरले निरन्तरता दिएको थियो। समिट एअरले
निरन्तरता दिन नसकेपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी दिपायल नेपाल वायुसेवा निगमको जहाजमार्फत् उडान सुरु गराए।

सुरुमा हप्तामा दुई पटक उडान गर्ने निर्णय गरेको वायुसेवाले कहिले कोभिड, कहिले यात्रु छैन भन्दै आलटाल गर्दै आफू अनुकूल महिनामा कहिले दुई पटक त कहिले एक पटक जहाज उडाउँदै थियो। तर करिब १ वर्षयता उडान पूर्णरुपमा बन्द भएको छ।

कैलालीको धनगढीदेखि दिपायलको अन्तिम उडान २०७९ साल भाद्र ६ गते भएको थियो। त्यस पश्चात् अहिलेसम्म उडान पूर्णरूपमा बन्द भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलले जानकारी दिएको छ।

नेपाल वायुेवा निगमले भने विमान अभावका कारण डोटी उडान भर्न नसकेको बताउँदै आएको छ। १८ सिट क्षमता भएको नेपाल वायुसेवाको विमानले हप्ताको दुई दिन धनगढीबाट डोटी, अछाम, बाजुरा र बझाङमा उडान भर्दै आएको थियो।

दिपायल विमानस्थलमा लामो समयदेखि जहाज नआए पनि विमानस्थलको टर्मिनल भवन र टावर निमार्ण कार्य सुरु भएको डोटी नागरिक उड्डयन कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवन र टावर निर्माण गर्न ५ करोड ९ लाख बजेट विनियोजन गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]