२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८० भभ्यताको साथ कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

ABC (क्राईमबिट)

सुनसरी । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यका साथ तालुक आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा सहकार्य र यस कार्यालयको आयोजनामा मिति २०८०।०३।१९ गते मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं. ७ स्थित सिटि प्यालेसमा कोशी प्रदेशका तत्कालिन माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीज्यूको प्रमुख आतिथ्यतामा समुद्धघाटन भई प्रदेशका १४ वटै जिल्लामा एकै साथ संचालन भएको “ट्राफिक सप्ताह २०८०” सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गरी आज मिति २०८०।०३।२५ गते सुनसरी जिल्लाको धरान उप-महानगरपालिका वडा नं. १ स्थित उद्योग वाणिज्य संघको हलमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मनोज कुमार यादवज्यूको अध्यक्षता तथा तालुक कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा उद्योग वाणिज्य संघ धरान, यातायात व्यवसायी, मजदुर, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, सरोकारवाला निकाय, बुद्धिजीवि, पत्रकार लगायत १५० जनाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिनुका साथै सहभागिहरुको तर्फबाट उठेका विविध जिज्ञासाहरुको कार्यक्रमका प्रमुख अतिथीज्यूबाट सम्बोधन गर्नुभई कार्यक्रमका अध्यक्षज्यूबाट ट्राफिक सप्ताह २०८० लाई भव्य रुपमा समापन गर्न सहयोग पुर्‍याउनु हुने सम्पूर्ण निकायहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै अन्य जिल्लाहरुमा समेत जिल्लाका विशिष्ट व्यक्तित्वहरु, स्थानिय निकायका जन-प्रतिनिधी, यातायात व्यवसायी, पत्रकार, सरोकारवाला निकायका प्रतिनिधीहरु लगायत ९०० जनाको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरी समापन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]