२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल प्रहरीभित्र पिएसओको आतंक गृहमन्त्री नारायणकाजी श्रेष्ठको खुलासा

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । सरुवा–बढुवामा उनीहरुले अत्याधिक चलखेल गर्दै आएका छन् ।
हाल ३७ इन्सपेक्टर पदमा पनि पिएसओहरुकै चलखेलका कारण रोकिएको छ । ३७ पदमा २६ जना पिएसओले बढुवाका लागि गृहमन्त्रीलाई दबाब दिएका छन् । गत शुक्रबार पत्रकारहसँगको अनौपचारिक कुराकानीमा मन्त्री श्रेष्ठले यस्तो दबाबको खुलासा गरेका हुन् । तर, दबाब दिँदैमा उनीहरुलाई बढुवा नगर्ने गृहमन्त्रीको अडान छ ।

प्रहरीको सरुवा–बढुवामा सधैं पिएसओ बसेकाहरु हावी हुँदै आएका छन् । अझ धेरै सईहरु मन्त्री र न्यायधीशको पिएसओ बस्ने भएकाले त्यही आधारमा उनीहरु सिनियरलाई उछिनेर बढुवा हुने र बढुवा लगत्तै कमाण्डमा जाने गरेका छन् ।

उनीहरुका कारण संगठनका लागि ज्यान दिने जुनियर अधिकृतमाथि अन्याय हुँदै आएको छ । यसपटकको बढुवा गृहमन्त्री र आइजिपीको लागि परीक्षाको विषय छ ।

उता प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत शुक्रबार पत्रकार सम्मेलनमा राजनीतिक नेतृत्वको सहयोग रहेकाले प्रहरी रुपान्तरणका लागि उपयुक्त समय भएको बताएपनि राजनीतिक हस्तक्षेपकै कारण नियमित सरुवा अघि बढ्न सकेको छैन ।

एसपी, डिएसपी र इन्सपेक्टरको नियमित सरुवा अत्याधिक चलखेलकै कारण रोकिएको छ । यही महिनाभित्र सरुवा निकाल्ने प्रहरी नेतृत्वको तयारी छ । तल्लो तहको पनि नियमित सरुवा हुन सकेको छैन । सरुवाका लागि १८ हजार धेरै निवेदन आएको प्रहरी प्रधान कार्यालयले नै सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।