२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

USA डलर सहित १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । जिल्ला, निजगढ न.पा.वडा न.३ स्थायी घर भई भक्तपुर जिल्ला, थिमी डेरा गरी बस्ने हरिचन्द्र बम्जनलाई जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे न.पा.वडा न.६, स्थायी घर भई काठमाण्डौं जिल्ला,का.म.न.पा.स्वयम्भू बस्ने बर्ष ६५ को पाल्ताङ तामाङले USA डलरको बिटो देखाउँदै मसँग USA डलर ५६,३५०।– रहेको छ,यो रकम सटही गर्नु पर्यो, तपाईलाई केही रकम दिन्छु भनि पटक पटक फोन गरिरहेको भनि हरिचन्द्र बम्जनले यस कार्यालयमा जानकारी गराए पश्चात निवेदक सहित खटिएको प्रहरी टोलीले जिल्ला ल.पु., ल.पु. म.न.पा. वडा नं.२५ नल्लुखोलाबाट निज पाल्साङ तामाङलाई कागज काटेर बनाईएको बण्डलमा नक्कली USA डलरजस्तो देखिने फोटोकपी कागजले बेरेर बनाईएको ११ वटा बण्डल र १०० दरका २२ थान USD नोटहेर्दा नक्कली (फोटोकपी) जस्तो देखिने नोट सहित नियन्त्रणमा लिई ठगी उद्योग तथा मुद्रा (खोटा चलन) सम्वन्धी कसुरमा सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन ३ म्यादथप गरी अनुसन्धान भईरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।