२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

घोराहीको बुद्ध हस्पिटल डाक्टरको लापरबाहीले पत्थरि अप्रेसन भएको बिरामीको मृत्यु

Logo
प्रकाशित बुधबार, आषाढ २७, २०८०

(ABC-Sanchar)

दाङ । घोराही १५ स्थित बुद्ध हस्पिटलमा पित्त थैलिमा रहेको पत्थरिको अप्रेसन भएकि एक जना बिरामीको मृत्यु भएको छ ।

घोराही १४ स्थित कमला बिकको पत्थरि अप्रेसन गर्नेक्रममा मृत्यु भएको हो । बिरामीका आफन्तहरुले भने चिकित्सकको लापरबाहिका कारण मृत्यु भएको गुनासो गरेका छन । मृतकका आफन्त केशब नेपालिले हस्पिटलको लापरबाहीका कारण बिरामीको मृत्यु भएको दाबी गरे ।

तर अस्पतालका कर्मचारी रसिल थापाले बिरामीको हृदयघातका कारण मृत्यु भएको दाबी गरे ।


अप्रेसन गरेर सफल भएको बिरामी राम्रो बोलचाल पनि गर्ने गरेको, तर, एक्कासि बिरामी हृदयघातकै कारण मृत्यु भएको उनले बताए । मृतकको आफन्तको तर्फबाट हस्पिटलमा बार्ता गरि रहेका केशबले बिरामिको अप्रेसन गर्ने चिकित्सकको लाईसेन्सको खारेजी हुनु पर्ने माग गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]