०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

राजपरिवारका सदस्यले प्रयोग गर्ने जहाज र हेलिकोप्टर सर्वसाधारणका लागि खुला

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

(ABC-Sanchar)

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारका सदस्यले पाइलट तालिम लिने तथा घुम्नका लागि प्रयोग गर्दै आएको हेलिकोप्टर र जहाज सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबार परिसरमा राखिएको हेलिकोप्टर र जहाज बिहीबारदेखि सर्वसाधारणका निम्ति खुला गरिएको हो । जहाज र हेलिकोप्टर राखिएपछि अवलोकनकर्ताको भिड बढेको छ ।

हेलिकोप्टर र जहाज राखिएको ठाउँ राजदरबारको मुख्य भवनको पछाडि हो । त्यस ठाउँमा घोडाको रेस हुन्थ्यो, त्यसबाहेक चेसलगायत विभिन्न खेल प्रतियोगिता हुन्थे । तर, अहिले उक्त चौरमा घाँस छ भने बीच भागमा हेलिकोप्टर र जहाज राखिएका छन् ।

हेलिकोप्टर र जहाज राखिएको चौरलाई वरिपरि तारबार गरिएको छ । जहाज र हेलिकोप्टर राखिएको ठाउँ पिच भए पनि दायाँबायाँ पानी भरिएको छ । सोही कारण सर्वसाधारणले नजिकैबाट जहाज र हेलिकोप्टर नियाल्न पाउँदैनन् । तर, दुई–तीन महिनामै चौरलाई पार्क बनाइने र फूल तथा बोटबिरुवा रोपिने सूचना अधिकारी थापाले बताए ।

उनले पछिल्लो समय जहाज र हेलिकोप्टर पनि अवलोकनका निम्ति खुला गरिएकाले आगन्तुकको संख्या बढ्ने बताए । ‘अहिले जहाज र हेलिकोप्टर अलि परैबाट मात्र हेर्न सकिन्छ, नजिकै जान ठाउँ व्यवस्थित छैन,’ उनले भने, ‘अब यसलाई व्यवस्थित बनाएर नजिकैबाट जहाज र हेलिकोप्टर अवलोकन गर्न सक्ने बनाउँछौँ ।’

नारायणहिटीमा दैनिक दुई हजारदेखि तीन हजारसम्मले अवलोकन गर्छन् । उनीहरूले दरबार क्षेत्रमा रहेका सबैजसो ठाउँ र वस्तु हेर्न पाउँछन् । त्यस्तै, नक्सालपट्टि रहेको गणतन्त्र स्मारक पनि अवलोकनका निम्ति खुला भइसकेको छ । नारायणहिटीकै शुल्क तिरेको टिकट प्रयोग गरी त्यहाँ छिर्न पाइन्छ ।

विगतका वर्षका तुलनामा पछिल्लो समय दरबार अवलोकनका लागि आउनेको संख्या बढेकाले यसलाई थप सजावट र व्यवस्थित बनाउन आवश्यक रहेको सूचना अधिकारी थापा बताउँछन् । उनका अनुसार बजेट सीमित हुँदा दरबार परिसरमा बिरुवा रोप्ने, सजाउने र फूल रोप्ने कार्य गर्न कठिन भइरहेको छ । नारायणहिटीमा प्रवेश गर्दा दुई सय रुपैयाँ शुल्क लिइन्छ । त्यस्तै, विद्यार्थीलाई ५० रुपैयाँ र ज्येष्ठ नागरिकका लागि शुल्क लाग्दैन । त्यस्तै, विदेशी पर्यटकलाई पाँच सय रुपैयाँ लाग्छ ।

पुराना संरचना मर्मत गर्नसमेत कठिन भइरहेको छ । तर, यसपटक सरकारले नीति तथा कार्यक्रममा दरबार परिसरमा रहेका पुराना संरचना पुनर्निर्माणलाई पनि समेटेकाले पुराना भवन पुनर्निर्माण हुने सूचना अधिकारी थापाको भनाइ छ । ‘दरबार परिसरमा रहेका केही पुराना संरचना पुनर्निर्माणका लागि सरकारले यसपटक कार्यक्रममा समेटेको छ,’ उनले भने, ‘पुरानै शैलीमा दरबार क्षेत्रमा रहेका संरचनाको संरक्षण गर्छौँ ।

सन् १९८१ मा बनेको हेलिकोप्टर : विपतमा प्रयोगदेखि राजापरिवारका सदस्यले तालिमसमेत लिए
दरबारमा राखिएको हेलिकोप्टर नेपाली सेनाको हो । यो हेलिकोप्टर १९८१ मा एरोसपटाइल कम्पनीले फ्रान्समा निर्माण गरेको थियो । यसले १३ जुन १९८२ देखि नाइन एन–आरएएफका रूपमा भिभिआइपी उडान गर्ने गरेको थियो । यो हेलिकोप्टर १ जुलाई १९९१ मा नेपाली सेनाको ११ नम्बर बाहिनी अड्डालाई हस्तान्तरण गरिएको थियो । नेपाली सेनाले यसलाई विशेष प्रयोजनमा प्रयोग गर्दै आइरह्यो ।

सेनाको गनसिप, तोराबोराका साथै अन्य हवाई मिसनमा यो हेलिकोप्टर प्रयोग गरियो । यसबाहेक नेपालमा हुने विपत्जन्य घटनामा पनि प्रयोग भयो । नेपाली सेनाले विपत् व्यवस्थापन, खोज, उद्धार, राहत वितरण र राजपरिवारमा हुने महत्वपूर्ण महोत्सव तथा समारोहमा प्रयोग गरेको थियो । यसबाहेक राजपरिवारका सदस्य घुम्न जाने साधन पनि यही थियो । महोत्सव तथा समारोहमा ब्यानर डिस्प्ले फ्लाइटका रूपमा यही हेलिकोप्टर प्रयोग गरिन्थ्यो ।

यो हेलिकोप्टरबाट नेपाली सेनाले नेपालमा हुने आधारभूत पाइलट तालिम लिन्थ्यो भने राजपरिवारका सदस्यले पाइलट सीप र तालिम लिने गरेका थिए । यसले १९ फेब्रुअरी २०१५ मा अन्तिम उडान गरेको थियो । यो हेलिकोप्टरले सञ्चालन अवधिभर नौ हजार सात घन्टा उडान भरेको छ ।

त्रिभुवन विमानस्थलमा ग्राउन्डेड गरेर राखिएको यो हेलिकोप्टर ०७६ देखि नारायणहिटी दरबार परिसरमा संग्रहका रूपमा राखिएको छ । राज परिवारले प्रयोग गरेको र विपत्जन्य घटनामा प्रयोग भएकाले यो हेलिकोप्टरलाई संग्रहालयमा राखिएको तथा यसलाई खिया लाग्न र थप बिग्रनबाट बचाइने नारायणहिटी दरबार संग्रहालय विकास समिति सूचना अधिकारी थापाको भनाइ छ ।

राजपरिवार यो हेलिकोप्टर लिएर हिमाली र पहाडी जिल्लामा समेत पुगेको थियो । काठमाडौं आसपासका नागार्जुन, शिवपुरीलगायत ऐतिहासिक ठाउँमा जाँदा यही हेलिकोप्टर प्रयोग हुन्थ्यो । ‘यो हेलिकोप्टर राजपरिवारका सदस्यले पाइलट तालिम लिन पनि प्रयोग गर्नुभयो,’ नारायणहिटी दरबार संग्रहालय विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले भने, ‘निजी घुमघाम तथा अवलोकनमा जाँदा राजपरिवारका सदस्य यही जहाज र हेलिकोप्टर प्रयोग गर्नुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!