२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कञ्चनपुरकी उपमेयर भुलिया रानाद्वारा बिवाहामा सरकारी गाडी दुरुपयोग श्रीमान ड्राइभर ?

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

 

(ABC-Sanchar)

कञ्चनपुर । पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले सरकारी साधनको दुरुपयोग गर्दै आएकी छन् । स्थानीय तहमा अनुगमन समितिको संयोजक नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुख रानाले राजनीतिक दम्भका आधारमा एक वर्षदेखि नगरपालिकाबाट आधिकारिक नतोकिएका आफ्नै श्रीमानलाई सरकारी गाडीको ड्राइभर बनाएर साधनको दुरुपयोग गर्दै आएकी हुन् ।

नगरपालिकाले तोकिएका ड्राइभर राम बोगटीलाई हटाएर अहिले उपप्रमुख रानाले आफ्नै श्रीमान् पदम देउवालाई ड्राइभर बनाएकी छन् । अझ रोचक कुरा के छ भने नगरपालिकाबाट सुविधाका रुपमा लिएको सेतो नम्बर प्लेटको बा २ झ ३०६४ नम्बरको जीप जनताको सेवाभन्दा बढी आफन्तहरू ओसारपसार गर्नेदेखि भारतीय बजारमा किनमेलका लागि प्रयोग हुने गरेको छ । उपप्रमुख रानाले आफ्नै बिहेमा पानीपुरी लगायतका थुप्रै सामानका लागि भारतको पलिया र बनगाँउबाट समेत नगरपालिकाकै सेतो प्लेटको साधनबाट सामान ओसारपसार गरिएको पाइएको छ ।

यसरी सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग हुँदा नगरपालिकाले कुनै पनि चाँसो देखाएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले भने नगरपालिकाले पहिले नै सो गाडीको लागि ड्राइभर नियुक्त गरिसकेको बताउँदै उपप्रमुख रानाका श्रीमानलाई नगरपालिकाले अहिलेसम्म ड्राइभरमा नियुक्त नगरिएको जानकारी दिए । उनले अहिलेसम्म गाडी दुरुपयोग भएको भन्ने कुनै गुनासो नआएको दाबी गरे ।

‘नगरपालिकाले प्रत्येक गाडीको लागि ड्राइभर नियुक्त गरिसकेको छ । अब उपप्रमुख चढ्ने गाडी कसले चलाउँछ भन्ने कुरा हामीलाई थाहा छैन,’ उनले भने ‘सरकारी गाडीलाई सरकारी काममा प्रयोग गर्ने हो । नगरपालिकाले अहिलेसम्म सो गाडी भारतीय बजारमा पठाएका छैनौ । पठाउन पनि मिल्दैन । तर यसरी भारतीय बजारमा सो गाडी कसरी पुग्यो भन्ने विषयमा हामीलाई थाहा छैन ।’

यता नगरको अनुगमन समितिको संयोजक समेत रहेकी उपप्रमुख रानाले आफू बिरामी भएका कारणले श्रीमानलाई ड्राइभर राखेको प्रतिक्रिया दिइन् । गाडी एक वर्षदेखि दुरुपयोग भइरहेको छ नि भन्ने हाम्रो प्रश्नमा उनले कुनै पनि जवाफ नदिई फोनमा कुरा गर्न मानिनन् । उनले सो जवाफ फोनमा नभई प्रत्यक्ष भेटेर दिने दाबी गरिन् ।

यद्यपि हामीले उपप्रमुख रानालाई कार्यालयमै गएर एक हप्तादेखि सो विषयमा कुरा गर्न खोज्दा आफूलाई सन्चो नभएको भन्दै पन्छिएकी थिइन् । नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागले नगरपालिकालाई २०७९ साल माघ १२ गते सो गाडी हस्तान्तरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]