२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चेक दिएर ऋण लिने तर पैसा मागेपछि प्रहरी लगाएर पक्राउ गर्न लगाउने !

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

(ABC-Sanchar)

सिरहा । एक व्यक्तिले कृषि फर्मको नाममा करोडौं रुपैयाँ अनुदान लिएको खुलेको छ । कृषकहरुले अनुदान नपाएको गुनासो गरिरहँदा एउटै व्यक्तिले कृषि फर्मको नाममा करोडौं रुपैयाँ लिएको देखिन आएको हो ।

श्रीमती बबिता साहको नाममा मोडर्न नेपाल कृषि फर्म प्रालि खोलेका महोत्तरीको भगांहा नगरपालिकाका सञ्जीव साहले करोडौं रुपैयाँ लिएको जनाइएको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर–७, निमचोकमा चार वर्षअघि स्थापना गरिएको फर्ममा दुई सय बढी गाईंभैंसी छन् । विवादित पृष्ठभूमिका उनले आफ्ना फर्ममा काम गर्नेलाई तलब दिँदा चार दर्जन घरपरिवारको बिल्लीबाठ भएको छ ।

चेकको खेल, ऋणको झेल

कृषि फर्म खोल्न जग्गा खरिद गर्न भन्दै सञ्जिवले सिरहाको गोलबजारका पप्पु साहलाई चेक दिएर १५ लाख रुपैयाँ नगद ऋण लिए । त्यस्तै, गोलबजारका अरूण सिंह, भुवनेश्वरप्रसाद साह र नरेश जैनसँग पनि चेक धरौटीमा ५० लाख रूपैयाँ ऋण लिए । यी चार जनासँग लिएको एक करोड रूपैयाँले उनले दुई बिगाहा जमिन खरिद गरेका हुन् ।

सोही जमिनमा कृषि फर्म सञ्चालन गरिएको छ । सञ्जीवले नरहाका सन्तोष महरा र गोलबजारका ललन साहको जग्गा एक करोड २५ लाख रूपैयाँमा किनेर फर्म बनाएका हुन् । तर, उनलाई ऋण दिने चारै जनाले आजसम्म एक रुपैयाँ पनि फिर्ता पाएका छैनन् । ब्याज त टाढाको कुरा, उनीहरुले साँवा पाउने आशसमेत मारिसकेको बताए ।
केही समयअघि आफ्नो रकम माग्न पुगेका पप्पुलाई सञ्जीवले मिटरब्याजी भनेर पक्राउ गराए । तीन दिन जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा बसेका उनी भन्छन्,‘कृषि क्षेत्रमा सरकारले फिर्ता गर्नै नपर्ने गरी करोडौं रुपैयाँ अनुदान दिन्छ, सहयोग गरिदिनुपर्याे भन्यो । भाइले गरिखाओस् भनेर सयकडाको दुई रूपैयाँ ब्याजमा ५० लाख रूपैयाँ दिएँ । १५ दिनमा फिर्ता गर्छु भनेर चेक दियो । तर, चार वर्ष बितिसक्दा पनि एक रुपैयाँ पाएको छैन । उल्टै समातिनुपर्यो ।’
अनुदानको पैसा ऋण तिर्न !
सञ्जीवले सबै ऋणीलाई असार महिनाभित्र कृषि फर्मको नाममा सरकारले १० करोड रूपैयाँ अनुदान दिने र त्यही अनुदानको पैसाले सबैको ऋण तिरिदिने प्रतिबद्धता जनाएका छन् । दुई वर्षअघि दुई दिनको निम्ति सञ्जीवलाई ४० लाख रुपैयाँ दिएका धनगढीका राकेशकुमार यादवले भने, ‘असारमा अनुदानको पैसा आएपछि सबैसँग लिएको ऋण फिर्ता दिन्छु भनेर सञ्जीवले भनेका थिए । तर, असार बित्न लागिसक्यो । फिर्ता गरेका छैनन् । अलिअलि गरेर दिएपनि मलाई खर्च हुन्थ्यो ।’
घडेरी किन्ने सपना चकनाचुर
धनगढीमाई नगरपालिका –३ का सुवोधकुमार साहसँग दुई वर्षअघि लिएको छ लाख रूपैयाँ सापटीमध्ये उनले दुई लाख ५० हजार रुपैयाँ फिर्ता गरेका छैनन् । निजी विद्यालयमा शिक्षण गरेर जम्मा गरेको छ लाख रूपैयाँमा थपथाप गरेर उनले गोलबजारमा घडेरी किन्ने योजना बनाएका थिए । ‘उनले फर्म चलाउन गाह्रो भयो भनेर सापटी मागे । मुक्तिनाथ विकास बैंकका शशिभुषण साहमार्फत सञ्जीवसँग चिनजान भएको थियो । उनले भनेपछि नै पैसा दिएको हुँ । सबै पैसा फिर्ता नदिएकाले घडेरी किन्न पाइनँ,’ उनले भने ।

अनुदानबाट आएको रकम कहाँ गयो ?

सञ्जीवले उक्त कृषि फर्मको नाममा नेपाल एसबीआई बैंकको लहान शाखाबाट २४ करोड रूपैयाँ सहुलियत ब्याजमा ऋण पास गराएका छन् । १५ करोड लिइसकेको र बाँकी ९ करोड आउँदो साउनको दोस्रो साता लिने तयारीमा रहेको बताइन्छ । कृषि फर्म खोल्न एक करोड २५ लाखमा किनेको दुई बिगाहा जग्गा धितो राखेर २४ करोड रुपैयाँ ऋण पास गराएको स्रोत बताउँछ ।
वडा नम्बर ४ का वडाध्यक्ष ओम यादव भन्छन, ‘सञ्जीवसँग लेनदेन भएकाहरु यहाँ गुनासो लिएर आइरहेका छन् । ५० हजारदेखि ७० लाख रूपैयाँसम्मको लेनदेनको तमसुक र चेक लिएर हालसम्म दुई सय जनाभन्दा धेरै आइसकेका छन् । तर, कसैले पनि उजुरी दर्ता गराएका छैनन् । उजुरी दर्ता भयो भने कानुनी कारबाही अघि बढ्छ ।’
यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा सञ्जीवले आफू व्यस्त रहेको भन्दै फोन काटिदिए । विश्वस्त स्रोतका अनुसार उनले सहुलियत दरको ब्याजमा लिएको ऋण अन्य व्यवसायमा प्रयोग गर्ने गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।