२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं ठमेलको एक क्लवमा कुटपिट गरि फरार डनहरु प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । ठमेल स्थित रहेको ओमनिया क्लबमा असारको पहिलो हप्ता सानु भाई भन्ने युवाराज गुरुङ समेतका समुह गएकोमा उक्त क्लवमा आएका सेवाग्राहीसँग वाद विवाद भई झै-झगडा भएकोमा सो क्लवका संचालकले सानुभाई क्ल्वको सोफामा लुकी बसेको लगायतको विवरण भन्दै हिडेको भनि सानुभाई समेतको टोलीले मिति २०८०/३/१५ गते राती २:०० बजेको समयमा उक्त कल्बका संचालक राजेन्द्र गुरुङ तथा सुरक्षामा खटिएका कर्मचारीहरु माथि कुटपिट गरि फरार रहेकोमा यस जिल्ला प्रहरी परिसर काठमाण्डौको विशेष टोलिले खोजतलास गर्ने क्रममा मिति २०८०/३/२९ गते अ:९:३० बजे का.जि च.न.पा नागढुङ्गावाट नियन्त्रणमा लिईएको ।

पक्राउ परेका व्यक्तिहरु
१.जि.नवाकोट ककनि ५ घर भई का.जि.का.म.न.पा गंगवु वस्ने वर्ष ३३ को सानु भाई भन्ने युवराज गुरुङ ।
२.का.जि टोखा न.पा १० घर भई हाल मनमैजु बस्ने बर्ष ३३ को बिक्रम अधिकारी ।
३.जि तनहु व्यास न.पा २ घर भई बस्ने बर्ष ३२ को सुवास कायष्थ ।
४.जि तनहु व्यास न.पा २ घर भई बस्ने बर्ष ३२ को सुरज कायष्थ ।
५. जि नुवाकोट पञ्चकन्या गा.पा ५ घर भई हाल का.जि.का.म.न.पा गंगवु वस्ने वर्ष २९ को कमल तामाङ ।
६.जि.नवाकोट ककनि ५ घर भई का.जि.का.म.न.पा गंगवु वस्ने वर्ष ३५ को निरज गुरुङ ।

साथै सो वारदातमा संलग्न रधु तामाङ ,विनोद तामाङलाई वारदात पश्चात तत्कालै तथा शेरलाल पौडेललाई मिति २०८०/३/२३ गते पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भई रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]