२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालमा काम नहुँदा रोजगारीको लागि पौने आठ लाख विदेशिए नेपालीहरु

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

(ABC-Sanchar)

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुुई वर्षदेखि बढेको बताए। उनले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति लिनेको सङ्ख्या बढेको दाबी गरे।

वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षमा श्रमस्वीकृति सबैभन्दा बढी कात्तिकमा लिएको पाइएको छ । कात्तिकमा ७८ हजार ३७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले श्रमस्वीकृति लिए ।

गत भदौमा ७६ हजार ४०३ जनाले, असारमा ७१ हजार पाँच सयले, मङ्सिरमा ६८ हजार ५६४ जनाले, साउनमा ६५ हजार ४६२ जनाले, पुसमा ६४ हजार ४६४ जनाले र माघमा ६४ हजार २८४ जनाले वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर विदेशिएका छन् ।

त्यसै गरी गत फागुुनमा ६१ हजार ८४५ जनाले, चैतमा ६१ हजार ४७८ जनाले, जेठमा ५९ हजार ४२२ जनाले र असोजमा ५८ हजार १९२ जनाले श्रमस्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ । गोरखापत्र दैनिक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]