१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

काठमाडौँका एसएसपी दानबहादुर कार्कीसहित २४ प्रहरी अधिकृतलाई पुरस्कृत

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले यस वर्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मीरा चौधरी डिआइजी बुद्धि गुरुङ, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीसहित २४ प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्षेत्रमा राम्रो काम गरेको भन्दै रेकर्डमा उल्लेख हुने उनीहरुलाई नगदसहित पुरस्कृत गरेका हुन्।

यसअघि आइजीपी कुँवरले ९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा गरेका थिए। प्रहरी नियमावली २०७१ को दफा ३९ को व्यवस्था अनुसार गत आर्थिक वर्षको अन्तिम दिन आइतबार आईजीपी कुँवरले एक जना जवान, ५ जना सहायक हवलदार, २ जना सहायक निरीक्षक र एक जना नायब निरीक्षकलाई एक तह बढुवा गरेका थिए।

त्यसको दुई दिनपछि विभिन्न कार्यालयका प्रमुखसहित २४ जनालाई पुरस्कृत गरेका हुन्। यस्तो किसिमको पुरस्कारबाट कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीमा सकारात्मक सन्देश जाने भएकाले उनीहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!