
ABC (क्राईमबिट)
काठमाण्डौ । दिल्ली प्रस्थान गर्न लागेका यात्रु भारतीय नागरिक ATUL ARUN AMBATKAR को साथबाट नेपालमा प्रतिबन्धित भा.रु.५०० दरको नोट थान-६३३, भा.रु.२००० दरको नोट थान-९ ले जम्मा भा.रु. ३,३४,५०० (तिन लाख चौतिस हजार पाच सय मात्र) र सुन जस्तो देखिने पहेलो रंगको धातुको ब्रासलेट थान-१, पथर जडित औठी थान-१, औठी थान – ३, सिक्री थान-१ को कुल अन्दाजी तौल १२७.८५ ग्राम अवैध रुपमा भन्सार छलि लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा निजलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बरामद दसीहरु सहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाण्डौं पठाईएको ।
साथै मिति २०८०/०४/०२ गते विमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाण्डौंबाट बंगलादेश प्रस्थान गर्न लागेका बंगलादेशी नागरिकको MD YOUSOF ALI को साथबाट नेपालमा प्रतिबन्धित भा.रु. ५०० दरको थान-६९८ ले जम्मा भा.रु. ३,४९,०००।– ( तिन लाख उनानपचास हजार मात्र) र अमेरिकी डलर १०० दरको थान -४० ले जम्मा अमेरिकी डलर ४,०००।– (चार हजार मात्र) लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाईएको।