२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

१७ लाख ५० हजारले त्यागे भारतीय नागरिकता किन ???

Logo
प्रकाशित शनिबार, साउन ०६, २०८०

(ABC-Sanchar)

काठमाडौँ । पछिल्लो दुई दशकमा सुखद भविष्य खोज्दै मुलुक छाड्ने भारतीयको संख्या ह्वात्तै बढिरहेको छ । सन् २०११ यता भारतीय नागरिकता त्याग्नेको संख्या १७ लाख ५० हजार रहेको विदेशमन्त्री एस जयशंकरले बताएका छन् । शुक्रबार विदेशमन्त्री जयशंकरले लोकसभामा लिखित जवाफ दिँदै यस वर्षको जुनसम्मै भारतीय नागरिकता त्याग्नेको संख्या ८७ हजार २६ रहेको जानकारी दिएका हुन् ।

विदेशमन्त्री जयशंकरका अनुसार अघिल्लो वर्ष अर्थात २०२२ मा भारतीय नागरिकता त्याग्नेको संख्या २ लाख २५ हजार ६ सय २० थियो । सन् २०२१ मा भने यो संख्या १ लाख ६३ हजार ३ सय ७० थियो ।
सन् २०११ भारत छाड्नेको संख्या १ लाख २२ हजार ८ सय १९ थियो । विदेशमन्त्री जयशंकरले लोकसभामा जवाफ दिँदै भने, ‘पछिल्लो दुई दशकमा ठूलो संख्यामा भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा जागिर खोजिरहेका छन् । व्यक्तिगत लाभका लागि धेरै भारतीयले विदेशी नागरिकता लिएका छन् ।’

भारतीय डायस्पोरा भारतका लागि ठूलो सम्पत्ति भएको पनि विदेशमन्त्री जयशंकरको भनाइ छ । विदेशमन्त्री जयशंकरले गत वर्ष राज्यसभामा जवाफ दिने क्रममा भारतीयले यसबीचमा विभिन्न १३५ देशको नागरिकता लिएको बताएका थिए । तर उनले कुन-कुन देशको कतिले नागरिकता लिए भन्नेचाहिँ खुलाएका थिएनन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!