२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पावर र आर्थिक चलखेल इन्स्पेक्टरहरुको सरुवा किन रोकियो कोइ काखा कोइ पाखा ?

Logo
प्रकाशित सोमबार, साउन ०८, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीको इन्स्पेक्टरको सरुवा लामो समय देखि हुन सकेको छैन ।

झण्डै डेढ वर्ष वढी समय देखि पहाडी दुर्गम जिल्लामा बसेका इन्स्पेक्टर सरुवाको दिन गनेर बसेका छन भने मालदार ठाँउमा बसेर राम्रैसँग तर मारेका इन्स्पेक्टर भने काज आदेस गराएर इन्चार्च बनिरहेका छन् ।

धिरजप्रताप सिंह अवकास हुनुभन्दा अगाडी काज गरीएका प्रायः इन्स्पेक्टर पैसा बुझाएर गएका कारण सरुवा गर्न कठिनाई भएको बुझिएको छ । नेपाल प्रहरीकै एक एसपीले पैसा बुझाएको आफैले देखेको र कतिपयसँग आफैले कुरा गरेको भन्दै यहि कारण तत्काल सरुवा नहुने भन्दै हिडेका छन् ।

प्रहरी नेतृत्व परिवर्तन सँगै सरुवाको दिन गनेर बसेका पीडित इन्स्पेक्टर यतिखेर जुन जोगि आए पनि कानै चिरेको भन्न थालेका छन। शक्ति केन्द्रका गणेश प्रवृत्तीका इन्स्पेक्टर कहिल्यै दुर्गम जानु नपर्ने आफ्नो क्षमता प्रर्दशन गर्ने तर शक्ति केन्द्रमा पहुँच नहुने सधै पीडामा बस्नुपर्ने कस्तो विडम्बना भन्न थालिएको छ ।

धिरजप्रताप सिंहले पठाएका इन्स्पेक्टर सरुवा गर्न यदि कठिन होइन भने दूरदराजमा रहेर आफ्नो कर्तव्यपालन गरेका इन्स्पेक्टरले पनि शहर देख्न पाउनुपर्ने एक प्रहरीका पूर्व अधिकृत बताउछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]