२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

३५ तोला सुन काण्ड बुटवलका डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न सिफारिस

Logo
प्रकाशित सोमबार, साउन ०८, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालय समक्ष सिफारिस गरिएको हो ।

केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको छानबिन टोलीले ठहर गरेको छ ।
उनको छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । डीएसपी केसीलाई फौजदारी कसुर अर्न्तगत छानबिन गर्न सिफारिस गरे पनि शक्तिको आडमा आन्तरिक छानबिन मात्र भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसके पनि गृह मन्त्रालयबाट थप निर्णयबारे जानकारी नआएको बताइएको छ ।

डीएसपी केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार रुपैयाँ नगदसहित सीआईबीको टोलीले पक्राउ गरेको थियो । शक्तिको आडमा बुटवलमा गलत धन्दा चलाइरहेको आरोप लाग्दै आएका केसी बुटवलबाट कास्की सरुवा भएका थिए । रमाना लिएर कास्की जानुभन्दा एक दिनअघि उनी सुन र नगद रकमसहित पक्राउ परेका हुन् । पक्राउ परे लगत्तै उनी निलम्बनमा परेका थिए ।

बुटवलका सुन व्यवसायी किसन विकबाट मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाईसमेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेका थिए ।

डीएसपी केसी तनहुँबाट बुटवल आएदेखि नै व्यवसायीलाई तर्साउने र रकम असुली गर्ने धन्दामा लागेको व्यवसायीहरुले गुनासो गर्ने गरेका थिए । उनले पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाममा व्यवसायीलाई धम्क्याउने र रकम असुली गर्ने गरेको पनि आरोप थियो । उनले घुमुवा बाबुराम घिमिरे र विजय शाहीलाई प्रयोग गरेर रकम असुल्ने गरेको भन्दै सार्वजनिक रुपमै उनको आलोचना हुने गरेको थियो ।

डीएसपी केसीलाई भैरहवाको बुद्ध कुरियर एण्ड कार्गो सर्भिसबाट ३ लाख रकम असुलीको आरोप पनि लागेको थियो । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित अवैध कलसेन्टरमा छापा मारेर १ सय ५० भन्दा बढी कर्मचारी पक्राउ गरिएको थियो ।

एक वर्ष अघिदेखि खुलेको कलसेन्टरमा १५ लाख रुपैयाँयाको बार्गेनिङ भएको र अन्तिममा रकममा नमिलेपछि छापा मारिएको संचालकहरुको दाबी थियो । उक्त घटनामा घुमुवा वरिष्ठ सई घिमिरे पनि अनुसन्धानमा तानिएका थिए ।

साउन १ गते तिलोत्तमा नगरपालिकाको कार्यपालिकाको बैठकमा जनप्रतिनिधिबीच विवाद हुँदा सुरक्षा दिन पुगेका डीएसपी केसीले वडा नं. ४ का वडा अध्यक्ष हरीबहादुर क्षेत्रीलाई धकेलेर पौडीपोखरीमा खसालेका थिए । उक्त विषयलाई लिएर उनको चर्को आलोचनासमेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।