०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

३५ तोला सुन काण्ड बुटवलका डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न सिफारिस

Logo
प्रकाशित सोमबार, साउन ०८, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालय समक्ष सिफारिस गरिएको हो ।

केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको छानबिन टोलीले ठहर गरेको छ ।
उनको छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । डीएसपी केसीलाई फौजदारी कसुर अर्न्तगत छानबिन गर्न सिफारिस गरे पनि शक्तिको आडमा आन्तरिक छानबिन मात्र भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसके पनि गृह मन्त्रालयबाट थप निर्णयबारे जानकारी नआएको बताइएको छ ।

डीएसपी केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार रुपैयाँ नगदसहित सीआईबीको टोलीले पक्राउ गरेको थियो । शक्तिको आडमा बुटवलमा गलत धन्दा चलाइरहेको आरोप लाग्दै आएका केसी बुटवलबाट कास्की सरुवा भएका थिए । रमाना लिएर कास्की जानुभन्दा एक दिनअघि उनी सुन र नगद रकमसहित पक्राउ परेका हुन् । पक्राउ परे लगत्तै उनी निलम्बनमा परेका थिए ।

बुटवलका सुन व्यवसायी किसन विकबाट मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाईसमेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेका थिए ।

डीएसपी केसी तनहुँबाट बुटवल आएदेखि नै व्यवसायीलाई तर्साउने र रकम असुली गर्ने धन्दामा लागेको व्यवसायीहरुले गुनासो गर्ने गरेका थिए । उनले पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाममा व्यवसायीलाई धम्क्याउने र रकम असुली गर्ने गरेको पनि आरोप थियो । उनले घुमुवा बाबुराम घिमिरे र विजय शाहीलाई प्रयोग गरेर रकम असुल्ने गरेको भन्दै सार्वजनिक रुपमै उनको आलोचना हुने गरेको थियो ।

डीएसपी केसीलाई भैरहवाको बुद्ध कुरियर एण्ड कार्गो सर्भिसबाट ३ लाख रकम असुलीको आरोप पनि लागेको थियो । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित अवैध कलसेन्टरमा छापा मारेर १ सय ५० भन्दा बढी कर्मचारी पक्राउ गरिएको थियो ।

एक वर्ष अघिदेखि खुलेको कलसेन्टरमा १५ लाख रुपैयाँयाको बार्गेनिङ भएको र अन्तिममा रकममा नमिलेपछि छापा मारिएको संचालकहरुको दाबी थियो । उक्त घटनामा घुमुवा वरिष्ठ सई घिमिरे पनि अनुसन्धानमा तानिएका थिए ।

साउन १ गते तिलोत्तमा नगरपालिकाको कार्यपालिकाको बैठकमा जनप्रतिनिधिबीच विवाद हुँदा सुरक्षा दिन पुगेका डीएसपी केसीले वडा नं. ४ का वडा अध्यक्ष हरीबहादुर क्षेत्रीलाई धकेलेर पौडीपोखरीमा खसालेका थिए । उक्त विषयलाई लिएर उनको चर्को आलोचनासमेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!