
ABC (क्राईमबिट)
कपिलवस्तु । नगरपालिका वार्ड नं १ आन्दोलन चोक स्थितमा बर्ष ४७ को सुनिल कुमार गुप्ताले ऐ ऐ स्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतिय रुपैयाको कारोवार गरिरहेको छ ।
भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुनिल कुमार गुप्ता बस्ने घर कोठामा कानुनी रितपुर्वक खानतलासी गर्दा ।
उक्त कोठामा लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली रुपैया रु २४,१३,२५५।–(२४ लाख १३ हजार २ सय ५५) र अवैध भारतिय रुपैया रु १४,९४,९२०।–(१४ लाख ९४ हजार ९ सय २० ) गरी जम्मा रु ४८लाख ५ हाजर १ सय २७ रुपैया सहित सुनिल कुमार गुप्तालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।