२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

वरिष्ठ सइ पौडेलको होटल संचालकबाटै हत्या भएको प्रहरी अनुसन्धान

Logo
प्रकाशित बुधबार, साउन १०, २०८०

ABC (क्राईमबिट)

बागलुङ । वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेललाई होटल संचालकले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बडिगाड गाउँपालिका-६ को आसा खाजा घर तथा रेस्टुरेन्टमा पौडेल सोमबार राति साढे १२ बजे मृत भेटिएका थिए । पौडेल खाजा खाना उक्त होटल गएका थिए ।

होटल संचालक आसा कुँवरसँग भनाभन भएपछि आसा र उनका छोरा विनोदले पौडेलको टाउकोमा मुक्का हानेर बेहोस बनाएका थिए । त्यसपछि पर्दाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेलको सोमबार राति साढे ११ बजेतिर हत्या देखिएको छ ।
मंगलबार दिउँसो जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्कासहितको टोलीले घटनास्थल मुचुल्का गरी शव ल्याएको थियो । प्रहरीले धौलागिरि अस्पतालमा शवको पोस्टमार्टम नगरी कास्की पोखरा लगेको थियो । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।

बुधबारै प्रहरीले होटल संचालक कुँवरका आमाछोरालाई जिल्ला अदालतमा पेस गरेको थियो । अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको काम थालिएको हो । मृतक पौडेल केही समयअघि भीआईपी पिएसओमा काठमाडौंमा कार्यरत थिए । एक वर्षअघि भिमगिठे गएका पौडेल सोमबार डिउटीबाट फर्केपछि रेस्टुरेन्टमा खाजा खान गएको खुलेको छ । मृतक पौडेलका पत्नि र दुई सन्तान छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।