२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

महोत्तरीमा हतियार देखाएर दिनदहाडै बैंक लुटपाट गर्ने गिरोहका एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०

ABC (क्राईमबिट)
महोत्तरी । भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार पक्राउ परेका हुन्।

बुधवार उनलाई मटिहानी नगरपालिका-८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

उनीविरुद्ध हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्न सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको उनले बताए।

डिएसपी गिरीका अनुसार उनीसँगको सोधपुछपछि लुटपाटमा संलग्न अन्य ४/५ जना व्यक्तिहरूको समेत पहिचान खुलेको छ। प्रहरीले उनीहरूको परिचय गोप्य राखी खोजी कार्यलाई तीव्रता दिएको डिएसपी गिरीले जानकारी दिए।

गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थित रहेको एनएमबी बैंकको शाखामा दिउँसै हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेर फरार भएका थिए।

लुटेरा समुह नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकलमा चढेर आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!