२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लागूऔषध बालबिबाह साईबर अपराध, आत्महत्या छुवाछुत लगायत सचेतना मूलक कार्यक्रम

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०


(सागर थापा)
दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला समन्वय समितिको सभाहलमा प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही दाङको आयोजना तथा परिषदकी कार्यक्रम संयोजक सरिता शर्माको अध्यक्षता जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीको प्रमुख आतिथ्यता,


प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सह- संगठन सचिव रमेश कडेल, परिषदका केन्द्रिय सदस्य शरद शर्मा, परिषदको लुम्बिनी प्रदेश व्यवस्थापन प्रमुख सुबेन्द्र यादव लगायतको आतिथ्यता एवं घोराही स्थित बिभिन्न क्याम्पस तथा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागितामा संचालित जीवन उपयोगी सिपमा आधारित द्वि- दिवसीय व्यक्तित्व एवं क्षमता अभिबृद्धी तालिम कार्यक्रममा

जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले लागू औषध, बाल बिबाह, बहु बिबाह, साईबर अपराध, आत्महत्या, जातिय छुवाछुत, लैंगिक हिंसा, चोरी लगायत


अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धमा सचेतनामूलक प्रशिक्षण दिनुको साथै अपराधबाट टाढा रहन, सवारी साधन चलाउदा तथा बाटोमा हिड्दा बिशेष ध्यान दिन, कुनै पनि स्थानमा कुनै पनि प्रकारको घटना भएमा प्रहरीलाई खबर गर्न अनुरोध गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]