२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

करणी सम्बन्धी कसुर अनुसन्धान तालिम १३ औं समुहको समापन कार्यक्रम सम्पन्न:

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “करणी सम्बन्धी कसुर अनुसन्धान तालिम” (सि.प्र.अ./जु.प्र.अ.) १३ औं समुहको दीक्षान्त समारोह आज मिति २०८०।०४।११ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. श्री टेक प्रसाद राईज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट दीक्षीत भई जाने २ जना महिला सहित प्र.ना.उ.-२, प्र.नि.-५, प्र.व.ना.नि. -२, प्र.ना.नि. -२ र प्र.स.नि.-१३ जना गरी जम्मा २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्षेत्रमा उपयोगी मार्गनिर्देशन तथा शुभकामना सहितको निर्देशन सम्बोधन गर्नु भएको थियो ।

साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक प्र.व.उ. श्री मधु सुदन लुईटेलज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. श्री दिपेन्द्र जि.सी.ज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्र.उ. सुरेश प्रसाद काफ्लेज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]