०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

नेपाल प्रहरीमा ४ दिनमा २ सय ८६ जनाको बढुवा सिफारिस

Logo
प्रकाशित शुक्रबार, साउन १२, २०८०


ABC (क्राईमबिट)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कर्मचारीको वृत्ति, विकासमा तीव्रता दिएको छ । साउन ४ पछि मात्रै प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जामा ठुलो सङ्ख्यामा बढुवा सिफारिस गरेको छ ।

साउन ७ सम्ममा २ सय ८६ जनाको बढुवा सिफारिस सुची प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो ।

प्रहरी कर्मचारीहरूको ज्येष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी अस्पतालको चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ । जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । साथै प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधि (कम्प्युटरतर्फ) २ जना, स्वास्थ्य उप–समूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, इन्जिनियरिङ उप–समूह अवास तथा भौतिक ईन्जिनियरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

जनपद समूहतर्फ जम्मा १ सय २२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना र सूचना प्रविधि÷कम्प्युटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

प्राविधिकतर्फ प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा स्वास्थ्य तर्फको प्यारामेडिक्समा १ जना, सङ्गीततर्फ ६ जना, केनाईनतर्फ ७ जना र मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ २ जना, सूचना प्रविधितर्फ ७ जना समेत गरी जम्मा २३ जना प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी प्राविधिक प्रहरी समूह केनाईनतर्फ ५ जना र सङ्गीततर्फ ७ जना गरी जम्मा १२ जना प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । प्राविधिक प्रहरी समूहकै प्यारामेडिक्सतर्फ १३ जना, सवारीतर्फ १३ जना, सूचना प्रविधि (कम्प्युटर) तर्फ ६ जना र हातहतियारतर्फको १ जना गरी जम्मा ३३ जना प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!