२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एआईजी राईको प्रमुख आतिथ्यतामा पाठ्यक्रम विकास तालिम तेस्रो समूहको अन्तरक्रिया समापन

Logo
प्रकाशित शनिबार, साउन १३, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगञ्जमा सञ्चालन भएको “पाठ्यक्रम विकास तालिम ” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम आज मिति २०८०।०४।१२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक, प्र.अ.म.नि. श्री टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने प्र.उ.-१ जना, प्र.ना.उ.-१० जना, प्र.नि.-१३ जना (१ जना महिला सहित) गरी जम्मा २४ जना प्रशिक्षार्थी सिनियर प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण एवं निर्देशन सम्बोधन गर्नुभयो ।

साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. श्री रबिन्द्र के.सी., सह-निर्देशक प्र.व.उ. श्री मधुसूदन लुईटेल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. श्री दिपेन्द्र जि.सी., सह-निर्देशक प्र.व.उ. श्री बेल बहादुर पाण्डे लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्र.उ. चित्र बहादुर गुरुङले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!