२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

८ करोडमा एक लिटर बिच्छीको विष बेचिन्छ किन यति महंगो हुन्छ ?

Logo
प्रकाशित आइतबार, साउन १४, २०८०

(ABC-Sanchar)

काठमाडौं । सर्प जस्तै बिच्छी पनि खतरनाक हुन्छन् र यसले मानिसलाई मार्न पनि सक्छ तर तिनीहरूको विष धेरै मूल्यवान हुन्छ।

एक लिटर बिच्छी विषको मूल्य १० लाख डलरसम्म छ । नेपाली मुद्रामा कुरा गर्ने हो भने यो रकम १३ करोड रुपैयाँ भन्दा बढी हुन्छ ।

टर्कीको एउटा प्रयोगशालामा २० हजार बिच्छी छन्, जहाँ हरेक दिन दुई ग्राम बिच्छीको विष संकलन गरिन्छ।

बीबीसीसँग कुरा गर्दै प्रयोगशाला सञ्चालकले बिच्छीको हेरचाह गर्ने, समयमै खाना खुवाउने र विष निकालेर युरोपमा सुपथ मूल्यमा बेच्ने गरेको बताए ।

उनका अनुसार बिच्छीको डंकमा दुई मिलिग्राम मात्रै विष हुन्छ । करिब तीन सयदेखि चार सय बिच्छीको सहयोगमा एक ग्राम विष जम्मा गर्न सकिन्छ ।

मूल्यबारे कुरा गर्दै प्रयोगशालासँग जोडिएका म्याडेनका अनुसार एक लिटर विष १० लाख डलरसम्ममा बिक्री हुने गरेको छ ।

ल्याटिन अमेरिकामा पाइने बिच्छीको विषले मार्गा टक्सिन नामक पदार्थ उत्पादन गर्छ जसले रक्तनलीमा कोशिकाहरू निर्माण गर्न मद्दत गर्छ र मुटुको शल्यक्रियामा प्रयोग गरिन्छ।

यी बिच्छीहरू पाँचदेखि आठ सेन्टिमिटर लामो हुन्छन्, यिनीहरूको विष त्यति घातक नभए पनि मानिसलाई टोकेमा कडा दुखाइ, सुन्निने र चिलाउने समस्याले सताउँछ।

बिच्छीको डंकबारे अनुसन्धान गरिरहेका लीड्स युनिभर्सिटीका प्रोफेसर डेभिड भन्छन्, यो विष निकै शक्तिशाली छ र यसको थोरै मात्रा पनि फाइदाजनक हुन्छ ।

उनका अनुसार मार्गा टक्सिनलाई औषधिको रूपमा मात्र नभई मुटुसम्बन्धी रोगमा स्प्रेको रूपमा पनि प्रयोग गरिन्छ ।

आजकल बिच्छीको विषलाई सौन्दर्य उत्पादनमा पनि प्रयोग गरिन्छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!