२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

८ करोडमा एक लिटर बिच्छीको विष बेचिन्छ किन यति महंगो हुन्छ ?

Logo
प्रकाशित आइतबार, साउन १४, २०८०

(ABC-Sanchar)

काठमाडौं । सर्प जस्तै बिच्छी पनि खतरनाक हुन्छन् र यसले मानिसलाई मार्न पनि सक्छ तर तिनीहरूको विष धेरै मूल्यवान हुन्छ।

एक लिटर बिच्छी विषको मूल्य १० लाख डलरसम्म छ । नेपाली मुद्रामा कुरा गर्ने हो भने यो रकम १३ करोड रुपैयाँ भन्दा बढी हुन्छ ।

टर्कीको एउटा प्रयोगशालामा २० हजार बिच्छी छन्, जहाँ हरेक दिन दुई ग्राम बिच्छीको विष संकलन गरिन्छ।

बीबीसीसँग कुरा गर्दै प्रयोगशाला सञ्चालकले बिच्छीको हेरचाह गर्ने, समयमै खाना खुवाउने र विष निकालेर युरोपमा सुपथ मूल्यमा बेच्ने गरेको बताए ।

उनका अनुसार बिच्छीको डंकमा दुई मिलिग्राम मात्रै विष हुन्छ । करिब तीन सयदेखि चार सय बिच्छीको सहयोगमा एक ग्राम विष जम्मा गर्न सकिन्छ ।

मूल्यबारे कुरा गर्दै प्रयोगशालासँग जोडिएका म्याडेनका अनुसार एक लिटर विष १० लाख डलरसम्ममा बिक्री हुने गरेको छ ।

ल्याटिन अमेरिकामा पाइने बिच्छीको विषले मार्गा टक्सिन नामक पदार्थ उत्पादन गर्छ जसले रक्तनलीमा कोशिकाहरू निर्माण गर्न मद्दत गर्छ र मुटुको शल्यक्रियामा प्रयोग गरिन्छ।

यी बिच्छीहरू पाँचदेखि आठ सेन्टिमिटर लामो हुन्छन्, यिनीहरूको विष त्यति घातक नभए पनि मानिसलाई टोकेमा कडा दुखाइ, सुन्निने र चिलाउने समस्याले सताउँछ।

बिच्छीको डंकबारे अनुसन्धान गरिरहेका लीड्स युनिभर्सिटीका प्रोफेसर डेभिड भन्छन्, यो विष निकै शक्तिशाली छ र यसको थोरै मात्रा पनि फाइदाजनक हुन्छ ।

उनका अनुसार मार्गा टक्सिनलाई औषधिको रूपमा मात्र नभई मुटुसम्बन्धी रोगमा स्प्रेको रूपमा पनि प्रयोग गरिन्छ ।

आजकल बिच्छीको विषलाई सौन्दर्य उत्पादनमा पनि प्रयोग गरिन्छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।