२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा मोटरसाइकलले ठक्कर दिँदा एक ३ वर्षीय बालकको मृत्यु

Logo
प्रकाशित सोमबार, साउन १५, २०८०

ABC (क्राईमबिट)
बाँके । राप्ती सोनारी गाउँपालिका–६ स्थित सिद्देश्वर क्याम्पस नजिकै आइतबार बिहान अन्दाजी साढे १० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

ठक्करबाट राप्ती सोनारी–६, हब्रहवाका तीन वर्षीय बालक श्रीयङ्स बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि नेपालगन्ज अस्पतालमा लैजादैगर्दा बाटोमै मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाइकललाई खोज्न जिल्ला डिएसपी डाँगीकै कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ । डिएसपीको नेतृत्वमा ट्राफिक प्रहरीका साथै मातहतका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!