२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीले स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँसहित १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १६, २०८०

 

ABC (क्राईमबिट)

पर्सा । सशस्त्र प्रहरी बल नेपाल प्रस्तवित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्साका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रेम सिंह बिष्टको नेतृत्वमा खटिएको ७ जनाको गाडी मोवाइल टोलीले २ लाख ५० हजार रुपैयाँसहित १ जनालाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४९ प ३०३७ नम्बरको कालो रङ्गको सुपर स्पेलेण्डर मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा अवैध रकम फेला परेको निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

बिष्टकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर निवासी ५८ वर्षीय बिष्णु कुमार साहको खल्तीबाट स्रोत नखुलेको रकम फेला परेको हो । बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]