२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुदूरपश्चिम प्रदेश प्रहरी डिआईजी भरत बहादुर बोहराले आरआईटी पुनः गठन

Logo
प्रकाशित मंगलबार, साउन १६, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) पुनः गठन गरेको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले वरिष्ठ नायब निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा १० सदस्यीय अनुसन्धान समूह गठन गरेका हुन् ।

समूहमा प्रहरी सहायक निरीक्षकद्वय दीपेन्द्र किमाडी र अनिलकुमार विष्ट, प्रहरी हवलदार शंकरसिंह कार्की, नरेशराज भण्डारी, प्रहरी सहायक हवलदार तेजबहादुर बोहरा, भरत सिंह, रञ्जित साउद र प्रहरी जवान कुमेन्द्रकुमार थापा र सुशील अवस्थी रहेका छन् ।

डिआइजी बोहराले अपराध अनुसन्धानमा दख्खल राख्ने र अनुभवी प्रहरी कर्मचारी भन्दा आफू अनुकूल प्रयोग गर्न मिल्ने व्यक्तिलाई आरआईटीमा राखिएको भन्दै आलोचना भएको छ । अझ प्रहरी सङ्गठनभित्र क्षेत्रीयता र भेगीय पक्षधरता देखाएको आरोप पनि लागेको छ । आरआईटीको नेतृत्वमा छनोट भएका स्वाँर अछामकै भएका कारण पनि बोहरामाथि यस्तो आरोप लागेको हो ।

सुदूरपश्चिममा २०७० सालमा पहिलो पटक आरआईटी गठन गरिएको थियो । आरआइटीले लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, जघन्य अपराधको अनुसन्धानको क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै बेलाबखत पुरस्कृत हुँदै आएको पनि थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]