२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

ग्यासको मुल्य घटेयो प्रतिसिलिन्डरको १६ सय ६० रूपैयाँ यसअघि मूल्य १७ सय ९० थियो

Logo
प्रकाशित बुधबार, साउन १७, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमा १ सय ३० रूपैयाँ घटाएको छ। आयल निगम पूर्ण स्वचालित मूल्य प्रणालीमा गएसँगै ग्यासको मूल्य घटेको हो। अब ग्यास प्रतिसिलिन्डरको १६ सय ६० रूपैयाँ पर्नेछ। यसअघि प्रतिसिलिन्डर मूल्य १७ सय ९० रूपैयाँ थियो।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य आएसँगै निगमले मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल र डिजेलको मूल्य भने बढाएको छ।

निगमका अनुसार पेट्रोल लिटरमा ९ रूपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ७/७ रूपैयाँ मूल्य बढेको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७३ रूपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १५३ रूपैयाँमा बिक्री हुनेछ। ग्यासको मूल्य घटेर आएकाले घटाइएको र अन्य इन्धनको मूल्य बढेर आएकाले बढाइएको निगमले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]