०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

होशियार है डेङ्गु रोगका सङ्क्रमणहरु फैलिन थाले सचेत हुन डाक्टरको अनुरोध

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

(ABC-Sanchar)

काठमाडौं । प्रदेशको सबैजसो जिल्लामा डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ । बालबालिकादेखि वृद्धवृद्धामा यो रोग देखिएको बताइएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. सञ्जीवकुमार झाले साउनको सुरुवात यता २२ जनामा डेङ्गु पोजेटिभ देखिएको बताउनुभयो । उहाँले अहिलेसम्म स्थानीय तहबाट यति जनाको मात्र तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तह तथा निजी स्वास्थ्य केन्द्रमा उपचार गराएका एवं उपचारमा रहेका बिरामीको तथ्याङ्क सङ्कलनका लागि कर्मचारी परिचालन गरिएको छ । साथै

सङ्व्रmमण बढ्न नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामार्फत लामखुट्टेका लार्भा खोजी नष्ट गर्ने काम भइरहेको छ ।’’

ढल्केबरका चिकित्सक सुरेन्द्र महतोले सरकारी तथ्याङ्कभन्दा डेङ्गु रोगका बिरामीको

सङ्ख्या निकै बढी भएको बताउनुभयो । यही ठाउँमा १० दिनको अवधिमा १४ जनामा डेङ्गुका सङ्व्रmमण देखिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यसपालि मधेश प्रदेशका जिल्लामा वर्षा कम भएकाले यो सङ्क्रमण अहिलेसम्म नियन्त्रणमा छ । वर्षा भएपछि बढ्न सक्छ । वर्षाको पानी खाल्टाखुल्टी, नाला, खेतबारीलगायत जताततै जमेपछि लामखुट्टेमा सङ्ख्या वृद्धि हुन्छ । लामखुट्टे बढेसँगै डेङ्गु रोगका सङ्व्रmमित पनि बढ्न सक्छ ।”

स्थानीय सरकार र स्वयम् जनता आफँै नियन्त्रणको उपायमा लागेन भने यसले भयावह रूप लिने चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका ओपिडी शाखाका प्रमुख मनीषकुमार पाण्डेयले भयावहको स्थिति नभए पनि एक महिनादेखि दिन बिराएर दुई तीन जनामा यो

सङ्क्रमण देखिन गरेको बताउनुभयो । भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिएको बताउँदै उहाँले स्वास्थ्य जाँचपछि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेको जानकारी दिनुभयो ।

मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले बिरामीको स्वास्थ्य उपचार र डेङ्गु सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयमा औषधी व्यवस्थापन गरिएको र लामखुट्टेका लार्भा नष्ट गर्न स्वास्थ्य क्षेत्रका कर्मचारी खटिएको जानकारी दिनुभयो ।

डेङ्गुका सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अस्पतालका अधिकारीलाई गुणस्तरयुक्त उपचार व्यवस्थाका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको मन्त्री सिंहले बताउनुभयो । उहाँले डेङ्गुका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पतालमा वा स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह अनुसार उपचार गराउन र घर वरपरको वातावरणमा पानी जम्न नदिन, लामखुट्टेका लार्भा विकास हुने स्थान खोजेर नष्ट गर्न सबैलाई आग्रह गर्नुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामका प्रयासमा मधेश प्रदेशका स्थानीय तह गम्भीर नदेखिएको गुनासो स्थानीय बासिन्दाले लगाएका छन् । वर्षा सकिएपछि मात्रै देखापर्ने डेङ्गु अहिले नै देखिन थालेको छ तर अहिलेसम्म स्थानीय सरकार नियन्त्रणको भूमिकामा गम्भीरतापूर्वक नदेखिएको ढल्केबरका रामजी साहको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!