०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

होशियार है डेङ्गु रोगका सङ्क्रमणहरु फैलिन थाले सचेत हुन डाक्टरको अनुरोध

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

(ABC-Sanchar)

काठमाडौं । प्रदेशको सबैजसो जिल्लामा डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ । बालबालिकादेखि वृद्धवृद्धामा यो रोग देखिएको बताइएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. सञ्जीवकुमार झाले साउनको सुरुवात यता २२ जनामा डेङ्गु पोजेटिभ देखिएको बताउनुभयो । उहाँले अहिलेसम्म स्थानीय तहबाट यति जनाको मात्र तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तह तथा निजी स्वास्थ्य केन्द्रमा उपचार गराएका एवं उपचारमा रहेका बिरामीको तथ्याङ्क सङ्कलनका लागि कर्मचारी परिचालन गरिएको छ । साथै

सङ्व्रmमण बढ्न नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामार्फत लामखुट्टेका लार्भा खोजी नष्ट गर्ने काम भइरहेको छ ।’’

ढल्केबरका चिकित्सक सुरेन्द्र महतोले सरकारी तथ्याङ्कभन्दा डेङ्गु रोगका बिरामीको

सङ्ख्या निकै बढी भएको बताउनुभयो । यही ठाउँमा १० दिनको अवधिमा १४ जनामा डेङ्गुका सङ्व्रmमण देखिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यसपालि मधेश प्रदेशका जिल्लामा वर्षा कम भएकाले यो सङ्क्रमण अहिलेसम्म नियन्त्रणमा छ । वर्षा भएपछि बढ्न सक्छ । वर्षाको पानी खाल्टाखुल्टी, नाला, खेतबारीलगायत जताततै जमेपछि लामखुट्टेमा सङ्ख्या वृद्धि हुन्छ । लामखुट्टे बढेसँगै डेङ्गु रोगका सङ्व्रmमित पनि बढ्न सक्छ ।”

स्थानीय सरकार र स्वयम् जनता आफँै नियन्त्रणको उपायमा लागेन भने यसले भयावह रूप लिने चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका ओपिडी शाखाका प्रमुख मनीषकुमार पाण्डेयले भयावहको स्थिति नभए पनि एक महिनादेखि दिन बिराएर दुई तीन जनामा यो

सङ्क्रमण देखिन गरेको बताउनुभयो । भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिएको बताउँदै उहाँले स्वास्थ्य जाँचपछि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेको जानकारी दिनुभयो ।

मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले बिरामीको स्वास्थ्य उपचार र डेङ्गु सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयमा औषधी व्यवस्थापन गरिएको र लामखुट्टेका लार्भा नष्ट गर्न स्वास्थ्य क्षेत्रका कर्मचारी खटिएको जानकारी दिनुभयो ।

डेङ्गुका सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अस्पतालका अधिकारीलाई गुणस्तरयुक्त उपचार व्यवस्थाका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको मन्त्री सिंहले बताउनुभयो । उहाँले डेङ्गुका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पतालमा वा स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह अनुसार उपचार गराउन र घर वरपरको वातावरणमा पानी जम्न नदिन, लामखुट्टेका लार्भा विकास हुने स्थान खोजेर नष्ट गर्न सबैलाई आग्रह गर्नुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामका प्रयासमा मधेश प्रदेशका स्थानीय तह गम्भीर नदेखिएको गुनासो स्थानीय बासिन्दाले लगाएका छन् । वर्षा सकिएपछि मात्रै देखापर्ने डेङ्गु अहिले नै देखिन थालेको छ तर अहिलेसम्म स्थानीय सरकार नियन्त्रणको भूमिकामा गम्भीरतापूर्वक नदेखिएको ढल्केबरका रामजी साहको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!