१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

रोल्पाको होलेरी बजारमा सिसि क्यामेराको निगरानी

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

(ABC-Sanchar)

रोल्पा । होलेरी दक्षिण/पश्चिम रोल्पाको प्रमुख ब्यापारी केन्द्र समेत रहेको होलेरी बजारको शुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको छ।

बजारमा हरेक गतिविधि सिसि क्यामेरामा रेकर्ड हुने भएको छ।गत बर्षको माघ १ गते होलेरी बजारका विभिन्न घरमा लाखौंको धनमाल चोरी भएपछि प्रहरीले चोरी गर्नेहरूलाई अनुसन्धान समेत गर्न सकेको थिएन।

बजार क्षेत्रमै चोरी भएपनि सिसि क्यामेरा नहुँदा अनुसन्धान गर्न कठिनाई भएको ईलाका प्रहरी कार्यालय होलेरीको निष्कर्ष रहेको थियो।

हाल रुन्टीगढी गाउँपालिकाले बजारको विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरेको छ।

सिसि क्यामेरा जडान गरेपछि स्थानियहरुले केहि हदसम्म शुरक्षित महशुस गरेका छन्।

सिसि क्यामेरा कत्तिको दिगोकाल सम्म टिकाएर राख्ने हो भन्ने बिषयमा भने स्थानियहरुको आशंका रहेको छ।
यस भन्दा अगाडि पनि लाखौं खर्च गरेर गाउँपालिकाले डिजिटल सुचारु बोर्ड राखेको थियो।तर उक्त बोर्डमा प्राविधिक समस्या आएपछि मर्मत गर्नुको सट्टा पालिकाले निकालेर राखेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

error: Content is protected !!