२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

उत्तम जिसीप सहित ८८ जना अधिकृतहरूलाई आईजिपी कुँवरद्वारा दर्ज्यानी चिन्हद्वारा सुशोभित

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

 

(सागर थापा)

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन १६ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएका ८८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १६ जना, प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ८ जना र प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत वरिष्ठ सइ उत्तम जिसी सहित ६४ जना गरी कुल ८८ जना प्रहरी अधिकृतहरू रहेका छन् ।

सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारीलाई पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धिलाई अर्जुनदृष्टि बनाएर काम गर्न निर्देशन दिए । राम्रो काम गर्ने प्रहरी कर्मचारीप्रति संगठन सदैव उदार रही योगदानको कदर गर्दै आएको उल्लेख गर्दै संगठनको प्रतिष्ठामा आँच आउने गरी गैरव्यावसायिक आचरण र क्रियाकलापमा संलग्न हुने छुट कसैलाई नभएको उनले बताए ।

सगंठनले इमानदार, क्षमतावान र व्यावसायिक प्रहरी कर्मचारीलाई सदैव उच्च मूल्याङ्कन गर्दै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “संगठनको लागि कर्मचारीहरूले केही गरे मात्र संगठन बलियो हुन्छ र संगठनले सबैको हकहितको लागि थप कुराहरू गर्ने सामर्थ्य राख्न सक्छ ।” संगठनको नीति तथा निर्देशन अनुसार आफ्नो ज्ञान, बुद्धि र विवेकको सही प्रयोग गरी संगठन सुदृढिकरणका लागि आ-आफ्नोतर्फबाट आत्मसमीक्षा गर्दै अगाडि बढ्न उनले निर्देशन दिए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षक डा. रमा बिष्टले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रही स्तरीय प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]