२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

बच्चालाई नकुट्नुहोस प्रेमले सम्झाउनुहोस शान्त पार्न ६ तरिका अपनाउनु होस्

Logo
प्रकाशित शुक्रबार, साउन १९, २०८०

(ABC-Sanchar)

काठमाडौं । आजकाल धेरै आमाबुवाले ‘मेरो बच्चा साह्रै रिसाउने भएको छ’ भनेको सुन्न सकिन्छ । हो, बच्चाहरू पछिल्लो समयमा हरेक कुरामा रिसाइरहेका हुन्छन्, चिडचिडेपन देखाउँछन् । कसैसँग राम्रोसँग कुरा गर्न पनि चाहँदैनन् । यति मात्रै होइन, कुनै कुरा उनीहरुलाइ गर्न मन लागेन भने, उनीहरुले पहिलो प्रतिक्रिया स्वरुप कि त घुरेर हेर्छन् कि चिच्याउँछन् । तर यहाँ के बुझ्न जरुरी छ भने याे समस्या बच्चाको होइन ।

मनोवैज्ञानिकहरू विश्वास गर्छन् कि आमाबाबुको बच्चा हुर्काउने शैलीका कारण पनि बच्चाले आफ्नै भावनासँग सामना गर्न सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा बालबालिकालाई शान्त पार्न अभिभावकले उनीहरूलाई मायाले सम्झाउनुको साटो उल्टै ठुलो स्वरमा गाली गर्ने, सबैको अगाडि पिट्ने गर्छन् । जुन सरासर गलत हो । आमाबुवा भएको नाताले त हामीले उनीहरुलाई मार्गनिर्देशन गर्न सक्नु पर्छ । उनीहरुलाई आफ्नो भावनामाथि कसरी नियन्त्रण गर्ने भनेर हामीले सिकाउनु पो त पर्छ । बच्चा रिसायाे भनेर आफैँ रिसाउँदा त्यो बच्चाले तपाईंबाट के सिक्छ त, एकपटक मनन गरौँ त ।

त्यसैले यहाँ हामी तपाईंलाई तपाईंकाे बच्चाको रिस शान्त पार्न के गर्न सकिन्छ भन्ने कुराकाे जानकारी लिऔँ ।

बच्चाकाे भावना स्विकार्नुहोस्

पेरेन्ट्स वेबसाइटका अनुसार यदि तपाईंको बच्चा कुनै कुरामा रिसाएको छ भने, उसको भावनालाई बेवास्ता गर्ने प्रयास नगर्नुहोस् । तपाईंले उसकाे रिस वा भावनालाई स्विकार्नुहाेस् । ‘हो, मलाई थाहा छ, तिमी पार्कबाट आउन चाहँदैनथ्याै त्यसैले थोरै रिसाएको छौ ’ भन्नुहाेस् । अथवा ‘केही छैन, तिमी रिसाउन सक्छौ ’ भन्न सक्नुहुन्छ । उनीहरूलाई कहिल्यै पनि आफ्नो भावनामाथि नियन्त्रण गर्न नलगाउनुहोस् ।

आफ्नो कुरा भन्न उत्प्रेरित गर्नुहोस्

जब बच्चा शान्त हुन्छ, तपाईंले उनलाई ‘रिस उठेकाे छ ? के कुरामा रिसायाै, मलाइ भन्न मन लागेकाे छ ?’ भन्न सक्नुहुन्छ ।’ केही कुरा नभनेसम्म अरुलाइ मनकाे कुरा थाहा हुँदैन भन्ने कुरा पनि बच्चालाइ सिकाउनुहाेस् । वास्तवमा, बच्चालाई रिसाउँदा आफ्नो कुरा कसरी भन्ने थाहा हुँदैन यसै कारण उनीहरूलाई थप तनाव हुन्छ ।

एक्लै राखेर कुरा गर्नुहोस्

बच्चासँग कुरा गर्नु छ भने उनीहरूलाई जता पनि जे पनि नभन्नुहोस् । पाँच वर्षको भएपछि बच्चामा इगो विकास हुन्छ । यस्तोमा उनीहरूलाई अरु मानिसको बीचमा गाली गर्दा नराम्रो लाग्न सक्छ । तपाईंले यसाे गर्दा बच्चाकाे इगाे हर्ट हुनसक्छ र तपाईंकाे कुरा मान्नुकाे साटाे झन् जिद्दी गर्न थाल्छन्, रिसाउन थाल्छन् ।
त्यसैले बच्चालाई केही भन्नु छ भने उसलाई एक्लै राखेर भन्नुहोस् । यसाे गर्नुभयाे भने बच्चाले तपाईंकाे कुरा पक्कै मान्नेछ ।

सहयोग चाहिन्छ ? भनेर सोध्नुहोस्

बच्चा कुनै कुरामा रिसाएको छ वा दुःखी छ भने उसलाई मद्दतका लागि सोध्नुहोस् । यसो गर्दा बच्चाले तपाईंलाई विश्वासिलाे पात्रको रूपमा हेर्नेछ जसका कारण तनाव र रिस आफैँ बिलाएर जान्छ । बच्चालाई तपाईंले ‘तिमीलाइ म जस्ताे सुकै अवस्थामा पनि मद्दत गर्नेछु’ भन्ने कुरा महसुस गराउनुहोस् ।

तपाईंले बच्चालाई शान्त नभएसम्म उसलाई एक्लै छोड्न नसक्ने बताउनुहोस् । यसो भनेपछि उसले आफूलाई छिटो शान्त पार्छ र आफ्नो कुरा पनि तपाईंलाइ भन्नेछ ।

प्रेम महसुस गराउनुहोस्

बच्चा रिसाएका बेला उनीहरूलाई मन पर्ने कुरा भन्नुहोस् । उदाहरणका लागि तपाईंले यसो भन्न सक्नुहुन्छ – ‘तिमी रिसायौ भने मलाई दुःख लाग्छ । अनि छ नि तिमीले अस्ती कस्ताे राम्राे फुटबल खेलेकाे, तिमीले हिजाे मामुलाइ हेल्प गर्दा कत्ति सजिलाे भएकाे थियाे नि’ लगायतका कुरा गरेर विषयलाइ अन्तै माेड्न सक्नुहुन्छ । यस्तै, तपाईंले प्रेमपूर्वक उसलाई अँगालो हाल्न सक्नुहुन्छ । यसाे गर्दा उसले राहत महसुस गर्नेछ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकका कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट […]

  (ABC-Sanchar) काठमाडौं । पछिल्लो समय बिभिन्न काण्डहरु आफ्नो युट्युब मार्फत प्रशारण गरेर चर्चा कमाएका स्टार अनलाईन टिभिका सन्चालक मनोज मानवलाई नेपाल प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको श्रोतले जनाएको छ । पुर्व एआईजि रण बहादुर चन्द र महिला अभियन्ता तारा बराल बिचको सम्बन्धलाई बजारमा ल्याएका मानवले पछिल्लो समय एमालेका युवा नेता महेश बस्नेतको चरित्र हत्या […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई तानेको छ । एसपी खड्कालाई अपराध अनुसन्धान विभागमा तानिएको प्रधान कार्यालयले जनाएको छ । यद्यपी, अहिले नै खड्काको ठाउँमा अर्को एसपीलाई जिम्मेवारी दिइसकेको भने छैन । आरती शाह मृत्यु प्रकरण मुद्दामा विवादमा तानिएपछि एसपी खड्कालाई धनुषाको जिम्मेवारीबाट […]