०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

नेपाल प्रहरीकै खेलाडीमाथि कुटपिट गर्ने रितेश थापा सईलाई निलम्बन गरियो

Logo
प्रकाशित शनिबार, साउन २०, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । बंगलादेशमा भएको मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी हुन पुगेका नेपाल पुलिस क्लबका खेलाडी भरत शाह (सहायक हवल्दार)लाई अर्का खेलाडी रितेश थापा९सई०ले कुटपिट गरेका हुन्। थापा पुलिस क्लबका पूर्वकप्तान पनि हुन्। घटना साउन १० गतेको हो।

प्रशिक्षक थापाले कमल पोखरीस्थित एक रेस्टुरेन्टमा खुसी साट्न भन्दै पार्टी दिएका थिए। पार्टीमा मादक पदार्थ सेवनपछि झगडा परेको बताइएको छ। कुटपिटमा उत्रिएका थापालाई प्रहरीले निलम्बन गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईले जानकारी दिए।

‘कुटपिटमा संलग्न भएको पाइएपछि सईलाई निलम्बन गरी छानबिन अघि बढेको छ,’ राईले भने। प्रहरी प्रशिक्षण प्रतिष्ठानले कुटपिटको घटना छानबिनका लागि एसएसपी बेलप्रसाद पाण्डेको संयोजकत्वमा समिति पनि बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!