२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीकै खेलाडीमाथि कुटपिट गर्ने रितेश थापा सईलाई निलम्बन गरियो

Logo
प्रकाशित शनिबार, साउन २०, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । बंगलादेशमा भएको मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी हुन पुगेका नेपाल पुलिस क्लबका खेलाडी भरत शाह (सहायक हवल्दार)लाई अर्का खेलाडी रितेश थापा९सई०ले कुटपिट गरेका हुन्। थापा पुलिस क्लबका पूर्वकप्तान पनि हुन्। घटना साउन १० गतेको हो।

प्रशिक्षक थापाले कमल पोखरीस्थित एक रेस्टुरेन्टमा खुसी साट्न भन्दै पार्टी दिएका थिए। पार्टीमा मादक पदार्थ सेवनपछि झगडा परेको बताइएको छ। कुटपिटमा उत्रिएका थापालाई प्रहरीले निलम्बन गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईले जानकारी दिए।

‘कुटपिटमा संलग्न भएको पाइएपछि सईलाई निलम्बन गरी छानबिन अघि बढेको छ,’ राईले भने। प्रहरी प्रशिक्षण प्रतिष्ठानले कुटपिटको घटना छानबिनका लागि एसएसपी बेलप्रसाद पाण्डेको संयोजकत्वमा समिति पनि बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!