२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

झापा कारागारमा कैदी सरुवा गर्न नसके पछि कारागारमा सुरक्षा खतरा बढेयो

Logo
प्रकाशित आइतबार, साउन २१, २०८०


ABC (क्राईमबिट)
झापा । कैदी मनोज लावतीलाई झुम्का कारागार सरुवा गर्न खोज्दा शुक्रबार अपराह्न ३ घण्टा झापा कारागारको स्थिति तनावपूर्ण बनेको थियो ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका लावती झापा कारागारका भाइ चौकीदार हुन् । कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्न खोजिएको थियो । अपराह्न २ बजेतिर झुम्का लैजानका लागि कारागार प्रशासनले बाहिर निकालेर हत्कडी लगाएलगत्तै लावती चिच्याएका थिए । त्यसपछि कारागारभित्रका कैदीबन्दीले आगजनी र ढुंगामुढा गरेका थिए ।
लगातार एक घण्टाभन्दा बढी समयसम्म कैदीबन्दीको ढुंगा र इँटा प्रहारले कारागार रणमैदान बनेको थियो । उनीहरुले कारागारभित्रै आजगनी समेत गरेर कैदी सरुवाको विरोध जनाएका थिए । लावतीको सरुवाविरुद्ध कैदीबन्दीहरु आन्दोलित बनेपछि झापा कारागारमा सुरक्षाखतरा बढेर गएको हो । अधिकांश कैदीबन्दी लावतीको पक्षमा देखिएका छन् । कैदीबन्दीको आन्दोलनले लावतीको सरुवा रोकिएको छ ।

झापा कारागारका चौकीदार लय शिवाकोटीको चलखेलका कारण लावतीलाई झुम्का कारागार सरुवा गर्न खोजिएको कैदीबन्दीहरुको आरोप छ । शिवाकोटीसमेत कर्तव्य ज्यान मुद्दामा करिब ७ वर्षदेखि कैद भुक्तान गरिरहेका कैदी हुन् । उनी आर्थिक वर्ष २०७९/८० का चौकीदार हुन् ।
आर्थिक वर्ष २०८०/८१ को लागि उनको नाम चौकीदारमा सिफारिस भएको थियो । तर, कारागार व्यवस्थापन विभागको सरुवा गर्न निर्णयले उनी चौकीदार हुन पाएनन् । कारागार प्रशासन र कैदीबन्दीहरुको सल्लाहबमोजिम आगामी चौकीदारका लागि कैदीबन्दी भरत सार्कीको नाम सिफारिस गर्ने सहमति जुटेको छ ।

हालै विभाग नेतृत्वको अनुमगन टोलीले झापा कारागारमा सुरक्षा खतरा बढेर गएको, सुरक्षा निगरानी बढाउनुपर्नेलगायतका सुझाव दिएका छन् । कैदीबन्दीहरु
पक्षविपक्षमा संगठित भएको, कारागारभित्रैबाट लागूऔषध समेतको कारोबार हुने गरेको लगायतका खतरा औंल्याइएका छन् ।

लावती पक्षका कैदीबन्दीहरुले कारागारका चौकीदार शिवाकोटीलाई कोठाभित्र थुनेर कारबाही गरेका छन् । कैदीबन्दीहरुले शिवाकोटीलाई चौकिदार नरहेको भन्दै बाहिर निस्कन नदिएको कारागार प्रशासनले जनाएको छ । उनलाई शुक्रबार साँझदेखि नै कारबाही गरेको कारागार प्रमुख मोहन पनेरुले जानकारी दिए ।

कारबाहीमा परेका चौकीदार शिवाकोटीले कारागार प्रशासन समक्ष आफ्नो सरुवाको माग राखेका छन् । ‘कारबाहीमा परेपछि सुरक्षा खतरा बढेको भन्दै चौकीदार शिवाकोटीले कारागार सरुवाको माग राखेका छन्,’ पनेरुले भने, ‘उनले आफू झुम्का कारागार जान इच्छुक रहेको मलाई बताएका छन् ।’

झापा कारागार ७ सय कैदीबन्दी क्षमताको हो । त्यहाँ अहिले ८४ महिलासहित १ हजार ५ सय ४८ कैदीबन्दी रहेको कारागार प्रमुख पनेरुले जानकारी दिए । कैदीबन्दीले ढुंगा प्रहार गर्दा प्रशासनको लागि निर्माण गरिएको नयाँ भवनमा क्षति पुगेको छ । ‘नयाँ भवनका सबै झ्यालका सिसा फुटेका छन् । कैदी बोक्ने गाडीमा पनि क्षति पुगेको छ । कार्यालय अगाडि पार्किङ गरेर राखिएका मेरोसहित दुईटा मोटरसाइकलमा समेत क्षतिपुगेको छ,’ पनेरुले भने । शुक्रबारको स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।