२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको गढवामा तस्कर गरि ल्याउदै गरेको सालको काठ सहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन २१, २०८०

ABC (क्राईमबिट)
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ स्थित सालझण्डी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रबाट साझ पख तस्कर गरि ल्याउदै गरेको सालको ३ क्युफिट काठ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी गोबरडिहादेखि खटेको गस्ती टोलीले शनिबार बेलुका आज सोही वडाका ३३ वर्षीय देवराज बोटे,२७ वर्षका कमल बहादुर माझी,२० वर्षीय अम्मर बहादुर माझीले सामुदायिक वन क्षेत्रबाट तीन वटा काठ काट्ने बन्चरो र ३ क्युफिट सालको काठ तस्करगरि ल्याउदै गरेको समयमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख ( प्रहरी निरीक्षक) नवीन वलीले जानकारी दिनु भयो ।

त्यस्तै पक्राउ परेका ब्यक्तिहरुलाई प्रहरी चौकी गोबरडिहाबाट थप अनुसन्धान गरि कारबाही गर्नका लागि अहिले सब डिभिजन वन कार्यालय गोबरडिहालाई काठ सहित जिम्मा लगाइएको प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]