२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

मलको कालोबजारी गर्ने पसलहरुमा प्रहरीको छापा पसलमा सिलबन्दी

Logo
प्रकाशित आइतबार, साउन २१, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो ।

नेपाल सरकारको अनुदान प्राप्त रासायनिक मल कालोबजारी गरी बिक्री गरेको उपभोक्ताको गुनासो आउने बित्तिकै जिप्रका भक्तपुरको टोलीले उक्त पसलमा छापा मारी गैरकानुनी रुपमा भारतबाट ल्याएको अवैध मल दुई हजार एक सयमा बिक्री गरेको पाइएपछि मल बरामद गर्दै पसल सिलबन्दी गरिएको प्रजिअ खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रजिअ रिजालले भने, ‘उक्त मल पसलबाट कालोबजारी गरी महँगो मूल्य लिएर बिक्री गर्दै गरेको अवैध एक सय २९ बोरा रासायनिक मल बरामद गरेका छौँ, त्यसमध्ये २० वटा बोरामा कृषि सामग्री लिमिटेड लेखिएको छ, अरू बोरामा नेपालमा बिक्री वितरण गर्ने भनी उल्लेख गरिएको छैन, त्यस्तो मल अवैध हो, त्यस मल पसललाई सिलबन्दी गरी थप अनुसन्धान सुरु गरेका छौँ ।’

जिल्ला प्रशासनको टोलीलाई मल बिक्रेता कटुभाजुले मल खरिदको बिल समेत देखाउन नसकेको जानकारी दिँदै उनले मल बिक्री गर्दा एग्रो वल्र्ड ललितपुर लेखिएको बिल दिने गरेको पाइएकाले आवश्यक कारबाही गरिने बताए ।

जिप्रका भक्तपुरले धान रोपाइँको समयमा मल अभाव देखाउँदै कालोबजारी गर्ने गरेको पाएपछि भक्तपुरका मल पसलहरुमा अब आकस्मिक अनुगमन गर्ने अभियान नै सञ्चालन गर्ने भएको छ । कालोबजारी गरेर कतै मल बिक्री गर्ने गरेको पाइए तत्काल खबर गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।