२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

भारतीय अबैध नोटसहित एक जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन २१, २०८०

ABC (क्राईमबिट)

पर्सा । पर्सागढी नगरपालिका वडा नं.१ मनवा बजार स्थित यस कार्यालय मातहत प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा BR22 AJ 3199 नम्बरको कालो रंगको सुपर स्पलेण्डर मो.सा.लाई रोकी चेकजाँच गर्ने क्रममा भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने वर्ष ३५ को लालु मियाँको शरिर कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीवाट भारतीय प्रतिबन्धित रू.५०० दरका नोट २४९ थान, भारतीय रू.१०० दरका नोट थान-२ र रू.२० दरका नोट-३ गरी जम्मा भातीय रू.१,२४,७,६०।– ( एक लाख चौवीस हजार सात सय साठी ) फेला परेको हुदाँ उल्लेखित नम्बरको मो.सा.सहित निजलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि मिति २०८०।०४।२१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी दिपक गिरिले जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।