२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको आदेश

Logo
प्रकाशित सोमबार, साउन २२, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेकाहरूलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरेकामा अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रकरणको यसअघि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकामा आइतबार फाइल र पक्राउ अभियुक्त सीआईबीलाई बुझाएको थियो। यो अन्तरदेशीय संगठित अपराध रहेको भन्दै विभागले बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई सुम्पेको हो।

यससँगै सीआईबीले सोमबारदेखि थप अनुसन्धान अघि बढाएको छ। सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोेकेर अनुसन्धान थालेको हो।

साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद भएको थियो। प्रकरणमा हालसम्म १८ जना पक्राउ परेकामा एक जना हाजिर जमानीमा छुटेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]