२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तु जितपुर सडक खण्डमा भएको गौ हत्याको निष्पक्ष छानबिनको माग

Logo
प्रकाशित बुधबार, साउन २४, २०८०

(ABC-Sanchar)
कपिलवस्तु । उक्त सडक खण्डमा सोमबार राती १० जीउ गाई गोरु मृत अवस्थामा भटिएका छन भने ४ जीउ घाइते भइ छटपटाइ रहेको जनाइएको छ। घटनास्थल वरपर गाडीका शिसा भेटिएकोले यो सडक दुर्घटना हुन सक्ने भएकोले यसको सत्यतथ्य पत्ता लगाई कानुनी कारबाही माग गरिएको छ भनि उल्लेख गरि ॐ वैदिक सनातन धर्म संरक्षण अभियान नेपालका महासचिव शिव कुमार बस्नेतद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएकोछ ।

पढ्नुस जस्ताको त्यस्तै बिज्ञपति: पुर्व-पश्चिम राजमार्गको कपिलबस्तु जितपुर- गोरुसिंगे सडक खण्डमा १० जीउ भन्दा बढी गाई गोरु मृत अवस्थामा भेटिएनुका साथै केही घाइते भइ छट्पटीएको अवस्थामा रहेकाछन यो गौ हत्या जस्तो गम्भीर घटना प्रति हाम्रो संस्था ॐ वैदिक सनातन धर्म संरक्षण अभियान नेपालको गम्भीर ध्यान आकर्षण भएकोछ । घटनास्थलको प्रकृति हेर्दा घटना स्थल वरपर गाडीका सिसाहरु फुटेको हुँदा यो सडक दुर्घटना गरेको हुनसक्छ, यस्ता जघन्य प्रकृतिका घटना प्रती खेद प्रकटका साथ घोर भत्सर्ना गर्दै यो घटनाको गहिरो अनुसन्धान गरि दोषीलाई कानुन कटघरामा ल्याइ हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायसंग हाम्रो संस्था जोडदार माग गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।