२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वर्षासँगै आएको पहिराेले अवरुद्ध भएकाे भीमदत्त राजमार्ग अझै सुचारू हुन सकेन

Logo
प्रकाशित बुधबार, साउन २४, २०८०

(ABC-Sanchar)
कैलाली । गाेदावरी नगरपालिका-४ काे बुढिताेलामा साेमबार राति आएकाे पहिराेसँगै करीब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएकाे राजमार्ग सञ्चालन हुन नसकेकाे हाे।

डिभिजन सडक कार्यालयले पहिराे पन्छ्याउने काम जारी रहेपनि पहिराे आउने क्रम नराेकिएपछि समस्या भएकाे जनाएको छ। मंगलबार राति साेही ठाउँमा फेरि पहिराे गएकाे छ।

सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चार वटा डाेजरकाे प्रयाेग गरेर दुवैतर्फबाट पहिराे पन्छ्याउने काम भइरहेको बताए।

उनलेे बुधबार साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए। तर वर्षा र पहिराे खस्ने क्रम नराेकिएमा भने केही समस्या हुने बताइएको छ। साेमबार राति गएको पहिराेका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाकाे सडक सम्पर्क टुटेकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]