०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

बिरगंजमा प्रहरीले भन्सार छलेको २०२ बोरा चामल ४ लाख मूल्य बराबरको पक्राउ

Logo
प्रकाशित शनिबार, साउन २७, २०८०

ABC (क्राईमबिट)

पर्सा । बिरगंज वडा प्रहरी कार्यालय श्रीपुरले ४ लाख मूल्य बराबरको भन्सार छलीको चामल नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा गएको गएको टोलीद्वारा वीरगन्ज महानगरपालिका वडा नम्बर १० र ११ स्थित रहेको गोदामबाट भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय विभिन्न ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित रहेको रामचन्द्र साह तेलीको गोदामबाट एकसय बोरा, वडा नम्बर ११ स्थित रहेको राधा देवीले संचालन गरेको मंगलम एण्ड अराध्य ट्रेड लिंक पसलबाट २९ बोरा र वडा नम्बर ११ स्थित रहेको सुनिल साहले संचालन गरेको मनकामना राईस मिलबाट ७३ बोरा चामल भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय विभिन्न ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साथै मनकामना राईस मिलका संचालक सुनिल साह र मंगलम एण्ड अराध्य ट्रेड लिंकका संचालक राधा देवि फरार रहेका छन उनिहरुको खोज तलास जारिरहेको प्रहरीले जनाएको छ ।

यता अजय कुमार साह देव शरण साह लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त परिमाणको अबैध चामल बरामद गरि आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक शाहीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

बारा । कलैयामा *किन्नर र तेस्रो लिङ्गी समूहबीच विवाद* हुँदा प्रहरीले एकजना तेस्रो लिङ्गीलाई पक्राउ गरेपछि त्यसको विरोधमा जिल्ला प्रहरी कार्यालय बाराको अगाडि *अर्धनग्न प्रदर्शन* भएको छ। *घटना विवरण:* स्थानीय स्रोतका अनुसार दुई समूहबीच पैसा असुली र क्षेत्राधिकारलाई लिएर विवाद भएको थियो। विवाद बढेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउलाई अन्यायपूर्ण भन्दै प्रदर्शनकारीहरूले पक्राउ […]

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

error: Content is protected !!