२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिआईबीले नक्कली डाक्टर भनेर पक्राउ गरेको डाक्टर सक्कली फेला पर्‍यो ??

Logo
प्रकाशित आइतबार, साउन २८, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पक्राउ गरेका सात जना चिकित्सकमध्ये एक जना सक्कली रहेको खुलेको छ । नाम थर जुध्न गएकाले प्रहरीले सक्कली डाक्टर रञ्जित यादवलाई पक्राउ गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले बाबुको नामबाहेक उनको नाम, थर र ठेगाना सबै मिल्न जाँदा पक्राउ पर्नुपर्ने चिकित्सक नभएर अर्कै चिकित्सक पक्राउ परेको बताए । सिआइबीले पक्राउ गरेका काठमाडौंको इशान अस्पताल धापासीका चिकित्सक डा.श्रद्धा सिल्पकार र मोरङका मनिष चौधरीले आफ्नै फार्मेसी सञ्चालन गरेका व्यक्ति हुन् ।

सिआइबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत कांग्रेसका सांसद समेत रहेका डा सुनील शर्मा, डा रञ्जितकुमार यावद, डा अमृत चौधरी, डा रामबाबु यादव र डाक्टर एरिना यादवसहित ७ जनालाई प्रकाउ गरेको हो । डा. शुनिल शर्मा चीनबाट एमबिबिएस गरेर आएका विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका संचालकसमेत हुन् । डा अमृत चौधरी त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका चिकित्सक हुन् ।

उनीहरुलाई चिकित्सा शिक्षा तर्फको भन्दा पनि आइएस्सीको शैक्षिक प्रमाण पत्र नक्कली प्रयोग गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]