०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

पूर्वप्रधानमन्त्री नेपालले आफू नभागेको प्रष्टीकरण दिँदै चुनौतीको सामना गर्न तयार

Logo
प्रकाशित सोमबार, साउन २९, २०८०

(ABC-Sanchar)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । युरोपबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफू नभागेको प्रष्टीकरण दिँदै चुनौतीको सामना गर्न तयार रहेको बताएका हुन् ।

सर्वोच्च अदालतले ललिता निवासको छानबिन अघि बढाउन आदेश दिएको भोलिपल्टै नेपाल पूर्वनिर्धारित कार्यक्रममा स्वीजरल्याण्ड गएका थिए । आफु विदेश गएपछि माधव नेपाल भाग्यो भनेर हल्ला फैलाइएको भन्दै उनले आफू जस्तोसुकै चुनौतीको सामना गर्ने नेचर बोकेको मान्छे भएकाले फेस गर्न तयार रहेको बताएका हुन् ।

‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । कतिले माधव नेपाल भाग्यो, लुकेर बसेका छन् । फर्किने हिम्मत छैन भनेर लेखे,’ उनले भने, ‘माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो, बुझेनन् । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ।’

सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको उनले बताए । साथै उनले ललिता निवास प्रकरणको छानविन गर्ने सन्दर्भमा आफु नआत्तिएको समेत बताए ।

‘मैले बिराएको छैन । कुनै बदमासी अपराध गरेको छैन । भ्रष्टाचार लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले म आत्तिएको छैन । तर, अलिकति चित्त दुखेको छ । चित्त किन दुखेको छ भने, देशको निम्ति केही गरौँला भन्यो, के पो भयो,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

बारा । कलैयामा *किन्नर र तेस्रो लिङ्गी समूहबीच विवाद* हुँदा प्रहरीले एकजना तेस्रो लिङ्गीलाई पक्राउ गरेपछि त्यसको विरोधमा जिल्ला प्रहरी कार्यालय बाराको अगाडि *अर्धनग्न प्रदर्शन* भएको छ। *घटना विवरण:* स्थानीय स्रोतका अनुसार दुई समूहबीच पैसा असुली र क्षेत्राधिकारलाई लिएर विवाद भएको थियो। विवाद बढेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउलाई अन्यायपूर्ण भन्दै प्रदर्शनकारीहरूले पक्राउ […]

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

error: Content is protected !!