०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

प्रहरीमा नयाँ मापदण्ड :२२ हजारले दिए सरुवाको लागि निवेदन इन्स्पेक्टरदेखि एसपीसम्म

Logo
प्रकाशित मंगलबार, साउन ३०, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सरुवामा नयाँ मापदण्ड बनाएको छ ।
नयाँ मापदण्ड बनेसँगै लामो समयदेखि रोकिएको सरुवा अघि बढाउन लागिएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि प्रहरी उपरीक्षक (एसपी)सम्मको सरुवामा नयाँ मापदण्ड बनाइएको हो । गृह मन्त्रालयले केही दिनअघि स्वीकृत गरेको नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ । यसअघि क र ख गरी दुई मात्र श्रेणी भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए ।

मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि ‘क’मै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्काे कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन् । सरुवालाई निष्पक्ष र वस्तुनिष्ठ बनाउन मापदण्डमा केही संशोधन गरिएको र संशोधन भएलगत्तै सबै तहका सरुवाको प्रक्रिया अघि बढेको प्रवक्ता कडायतले बताए ।

प्रहरीमा लामो समयदेखि नियमित सरुवा अवरुद्ध छ । गत चैतमा मापदण्डविपरीत काजमा ठूलो संख्यामा प्रहरी निरीक्षकलाई कार्यालय प्रमुखका रूपमा खटाइएको थियो । नयाँ मापदण्डअनुसार त्यो काजसरुवा संशोधन हुने प्रवक्ता कडायत बताउँछन् । इन्स्पेक्टर, डिएसपी, एसपी र एसएसपीको सरुवामा अत्यधिक चलखेल हुने गरेको छ । सोही चलखेलले पनि सरुवा लम्बिएको हो । प्रहरी प्रधान कार्यालयले तल्लो तहको सरुवाका लागि पनि नयाँ मापदण्ड बनाउने तयारी गरेको छ ।

सरुवाका लागि प्रहरी प्रधान कार्यालयमा २२ हजार प्रहरीले लिखित निवेदन दिएका छन् । प्रहरी नेतृत्वले सरुवाका लागि लिखित निवेदन अनिवार्य गरेको छ । विगतमा विभिन्न व्यक्तिमार्फत सरुवाका लागि सिफारिस गराउने र त्यहीअनुसार सरुवा हुने गरेको थियो । यसले प्रहरीको चेन अफ कमान्ड र अनुशासनमै समस्या आएको भन्दै प्रहरी प्रधान कार्यालयले सरुवाका लागि निवेदन अनिवार्य गरेको हो । लिखित निवेदन अनिवार्य गरेपछि २२ हजारले प्रहरीले सरुवाको फर्म भरेको प्रहरी प्रवक्ता कडायतले बताए । प्राप्त निवेदनमा मागअनुसार घरपायक मिलाएर सरुवा गरिने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

बारा । कलैयामा *किन्नर र तेस्रो लिङ्गी समूहबीच विवाद* हुँदा प्रहरीले एकजना तेस्रो लिङ्गीलाई पक्राउ गरेपछि त्यसको विरोधमा जिल्ला प्रहरी कार्यालय बाराको अगाडि *अर्धनग्न प्रदर्शन* भएको छ। *घटना विवरण:* स्थानीय स्रोतका अनुसार दुई समूहबीच पैसा असुली र क्षेत्राधिकारलाई लिएर विवाद भएको थियो। विवाद बढेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउलाई अन्यायपूर्ण भन्दै प्रदर्शनकारीहरूले पक्राउ […]

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

error: Content is protected !!