२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जोखेको सुनको तौल ६० किलो ७८९ ग्राम मात्र रहेको छ : राजस्व अनुसन्धान विभाग

Logo
प्रकाशित मंगलबार, साउन ३०, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले उक्त सुन जोखेको हो ।सोमबार जोखिएको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । महाशाखाले ब्रेक शुबाट सुन छुट्याएर जोखेको हो ।

विभागले त्रिभुवन विमानस्थलबाट पास भइसकेको अवस्थामा ब्रेक शुमा लुकाएर ल्याइएको सुन बरामद गरेको थियो । ब्रेक शुसहितको सुनको तौल भने १५५ किलो रहेको थियो ।

आइतबार राजश्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र टक्सार कार्यालयका प्रतिनिधिको रहोबरमा सुन जोखिएको हो । सुरुमा विभागले यो प्रकरणको अनुसन्धान गरेकोमा पछि सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो ।

अहिले ब्रेक शुबाट छुट्याएर सुन जोखिएको हो । सुन गालेर जोख्न भने बाँकी रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]